Door43-Catalog_ne_tn/rev/03/05.md

3.0 KiB

जसले जित्छ

यसले जित्ने जो कोहीलाई दर्शाउँछ । तपाईंले यसलाई प्रकाश २:७ मा कसरी अनुवाद गर्नुभएको छ, सो हेर्नुहोस् । वैकल्‍पिक अनुवादः "जो कोही जसले खराबीको प्रतिरोध गर्दछ" वा "जो खराबी गर्न राजी हुँदैन" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-genericnoun)

सेतो वस्त्र पहिरिनेछ

यो एक सक्रिय क्रियाको साथ अनुवाद गर्न सकिन्छ। वैकल्‍पिक अनुवादः "सेतो लुगा लगाउनेछ" वा "म सेतो लुगा दिनेछु" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

म उसको नाम बोल्छु

उहाँले साधारणतया व्यक्तिको नाम मात्र भन्‍नुहुन्‍न, तर घोषणा गर्नुहुन्छ कि त्यो व्यक्ति उहाँको हो । वैकल्‍पिक अनुवादः "म घोषणा गर्छु कि ऊ मेरो हो" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

मेरो पिताको सामु

"मेरो पिताको उपस्थितिमा"

मेरो पिता

यो परमेश्वरको लागि महत्त्वपूर्ण उपाधि हो जसले परमेश्वर र येशूबीचको सम्बन्धको वर्णन गर्दछ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/guidelines-sonofgodprinciples)

जसको कान छ उसले सुनोस्

सुन्न इच्छुक हुनु भनेको कान हुनु भनेर बताइएको छ । तपाईंले यसलाई प्रकाश २:७ मा कसरी अनुवाद गर्नुभएको छ, सो हेर्नुहोस् । वैकल्‍पिक अनुवादः "जसले सुन्न चाहन्छ, सुनोस्" वा "यदि तिमीहरू इच्छुक छौ भने, सुन" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

अनुवादका शब्दहरू