Door43-Catalog_ne_tn/rev/02/16.md

3.2 KiB

त्यसैले पश्‍चाताप गर

"यसकारण पश्‍चाताप गर"

यदि गरेनौ भने, म

क्रियापद अघिल्लो वाक्यांशबाट आपूर्ति गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः "यदि तिमीहरूले पश्‍चात्ताप गरेनौ भने, म" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-ellipsis)

तिनीहरूसित लडाईं गर

"उनीहरूको बिरूद्धमा लड"

मेरो मुखमा भएको तरवारले

यसले प्रकाश १:१६ मा भएको तरवारलाई जनाउँछ । यद्यपि संसारको विनाशको बारेमा बताउने भाषामा प्रतिकहरूलाई सामान्यतया अनुवाद गर्न मिल्दैन, अनुवादकहरूले यो प्रतिकलाई परमेश्वरको वचनको प्रतिकको रूपमा व्याख्या गर्ने कि नगर्ने छनौट गर्न सक्छन्, जसरी यूडीबीले गर्दछ । यस प्रतिकले सङ्केत गर्दछ कि ख्रीष्टले आफ्ना शत्रुहरूलाई एउटा साधारण आदेश दिएर हराउनुहुनेछ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/writing-symlanguage)

जसको कान छ उसले सुनोस्

सुन्न इच्छुक हुनु भनेको कान हुनु भनेर बताइएको छ । तपाईंले यसलाई प्रकाश २:७ मा कसरी अनुवाद गर्नुभएको छ, सो हेर्नुहोस् । वैकल्‍पिक अनुवादः "जसले सुन्न चाहन्छ, सुनोस्" वा "यदि तिमीहरू इच्छुक छौ भने, सुन" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

जसले विजय प्राप्‍त गर्दछ

यसले जित्ने जो कोहीलाई दर्शाउँछ । तपाईंले यसलाई प्रकाश २:७ मा कसरी अनुवाद गर्नुभएको छ, सो हेर्नुहोस् । वैकल्‍पिक अनुवादः "जो कोही जसले खराबीको प्रतिरोध गर्दछ" वा "जो खराबी गर्न राजी हुँदैन" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-genericnoun)

अनुवादका शब्दहरू