Door43-Catalog_ne_tn/rev/02/14.md

3.0 KiB

तर मसँग तिमीहरूको बिरूद्धमा केही चीजहरू छन्

"तिमीहरूले गरेका केही चीजहरूका कारण मैले तिमीहरूलाई अस्वीकार गरेँ" वा "केही चीजहरू गर्‍यौ भनेर म तिमीहरूसँग रिसाएको छु।" तपाईंले यस्तै वाल्यांशलाई प्रकाश २:४ मा कसरी अनुवाद गर्नुभएको छ, सो हेर्नुहोस् ।

जसले बालामको शिक्षामा दृढ अडान लिन्छन्

सम्भावित अर्थहरू १) "जो बालमले सिकाएको कुरा सिकाउँछन्; ऊ" वा २) "जो बालामले सिकाए जस्तै गर्छन्; ऊ" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

बालाक

यो एउटा राजाको नाम हो । (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-names)

जसले बालाकलाई इस्राएलका मानिसहरूको सामुन्ने ठेस खानु सिकाए

मानिसहरूलाई पापतर्फ डोहोर्‍याउने कुरा मानिसहरूलाई ठेस खुवाउने ढुङ्गाको रूपमा बताइएको छ । वैकल्‍पिक अनुवादः "जसले बालाकलाई देखाए कि कसरी इस्राएलका मानिसहरूलाई पाप गर्न लगाउँछ" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

यौनसम्बन्धी कुरामा अनैतिक हुन

"यौन पाप गर्न" वा "यौन पापमा लाग्‍न"

निकोलाइटसहरू

यो निकोलास नाम गरेको मानिसका शिक्षाहरूको अनुसरण गर्ने व्यक्तिहरूको समूहको लागि नाम हो । तपाईंले यसलाई प्रकाश २:६ मा कसरी अनुवाद गर्नुभएको छ, सो हेर्नुहोस् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-names)

अनुवादका शब्दहरू