Door43-Catalog_ne_tn/rev/02/08.md

3.5 KiB

सामान्य जानकारीः

यो स्मर्नाको मण्‍डलीको दूतलाई मानिसको पुत्रको सन्देशको सुरुवात हो ।

स्मर्ना

यो पश्चिमी एशियाको एक भागमा रहेको सहरको नाम हो जुन आज आधुनिक टर्की हो । तपाईंले यसलाई प्रकाश १:११ मा कसरी अनुवाद गर्नुभएको छ, सो हेर्नुहोस् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-names)

पहिलो र अन्तिम

यसले येशूको अनन्त स्वभावलाई जनाउँछ । तपाईंले यसलाई प्रकाश १:१७ मा कसरी अनुवाद गर्नुभएको छ, सो हेर्नुहोस् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-merism)

मलाई तिमीहरूको कष्‍ट र गरिबी थाहा छ

"दुःख" र "गरीबी" लाई क्रियाको रूपमा अनुवाद गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः "मलाई थाहा छ तिमीहरूले कसरी कष्‍ट भोगेका छौ र तिमीहरूं कत्तिको गरीब छौ" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-abstractnouns)

आफूलाई यहूदीहरू भन्‍नेहरूको निन्दा मलाई थाहा छ

"निन्दा"लाई एक क्रियाको रूपमा अनुवाद गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः "मलाई थाहा छ कि मानिसहरूले कसरी तिमीहरुलाई अपमान गरे - जसलाई आफू यहूदी हौँ भन्छन्" वा "मलाई थाहा छ कि मानिसहरूले तपाईको बारेमा भयानक कुरा कसरी बोलेका छन - जसलाई भन्छन कि तिनीहरु यहूदी हुन्" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-abstractnouns)

तर तिनीहरू ... होइनन्

"तर तिनीहरू वास्तविक यहूदीहरू होइनन्"

शैतानको एक सभाघर

शैतानको आज्ञा मान्न वा आदर गर्न भेला भएका मानिसहरूलाई यहूदीहरूको आराधना गर्ने र सिकाउने ठाउँ, सभाघर भए जसरी बताइएको छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

अनुवादका शब्दहरू