Door43-Catalog_ne_tn/php/front/intro.md

10 KiB

फिलिप्‍पीहरूको परिचय

भाग १: सामान्य परिचय

फिलिप्‍पीहरूको पुस्तकको रूपरेखा

१. अभिवादन, धन्यवादज्ञापन र प्रार्थना (१:१-११) १. पावलको सेवाकाइको लागि उनको प्रतिवेदन (१:१२-२६) १. निर्देशनहरू

  • दृढ रहन (१:२७-३०)
  • एकीकृत हुन (२:१-२)
  • नम्र हुन (२:३-११)
  • हाम्रो उद्धारको काम गर्न, र परमेश्‍वरले तिमीहरूमा काम गरिरहनुभएको छ (२:१२-१३)
  • निर्दोष र ज्योति हुन (२:१४-१८)

१. तिमोथी र इपाफ्रोडिटस (२:१९-३०) १. झूटा शिक्षकहरूको बारेमा चेतावनी (३:१-४:१) १. व्यक्तिगत निर्देशन (४:२-५) १. आनन्द मनाओ र नआत्तिओ (४:४-६) १. अन्तिम टिप्‍पणीहरू

  • मूल्यमान्यताहरू (४:८-९)
  • सन्तुष्‍टि (४:१०-२०)

फिलिप्‍पीहरूको पुस्तक केको बारेमा हो ?

फिलिप्‍पीहरूको पुस्तक एउटा पत्र हो जुन प्रेरित पावलले माकेडोनियामा भएको एक सहर, फिलिप्‍पीको क्षेत्रमा भएका ख्रीष्‍टिएनहरूलाई लेखे । फिलिप्‍पीहरूले रोममा भएका पावललाई एउटा उपहार पुर्‍याउन र उनलाई सहायता गर्नलाई तिनीहरूको मण्‍डलीका प्रिय सदस्यहरूमध्ये एकजना व्यक्ति, इपाफ्रोडिटसलाई पठाएका थिए । इपाफ्रोडिटस पावलसँगै रोममा बस्‍ने योजना बनाए, तर तिनी धेरै बिरामी भए । फिलिप्‍पीहरूले पावललाई इपाफ्रोडिटसको बारेमा सोध्‍नलाई लेखेका थिए; फिलिप्‍पीहरूको पुस्तक जवाफ भएको हुन सक्छ । यो पत्रले पावललाई फिलिप्‍पी मण्‍डलीलाई महत्त्वका विषयहरूको बारेमा लेख्‍नलाई एउटा अवसर पनि दियो । उनले तिनीहरूलाई इपाफ्रोडिटसद्वारा पत्र पठाए ।

यस पुस्तकको शीर्षकको अनुवाद कसरी हुनुपर्छ ?

अनुवादकहरूले यस पुस्तकलाई यसको पारम्परिक शीर्षक “फिलिप्‍पीहरू” भनेर बोलाउनलाई छान्‍न सक्छन् । अथवा तिनीहरूले अझ बढी स्‍पष्‍ट शीर्षक छान्‍न सक्छन्, जस्तै, “फिलिप्‍पीमा भएको मण्‍डलीलाई पावलको पत्र” वा “फिलिप्‍पीमा भएका ख्रीष्‍टिएनहरूलाई एक पत्र” । (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-names)

भाग २: महत्त्वपूर्ण धार्मिक र सांस्कृतिक अवधारणाहरू

=== फिलिप्‍पीको सहर कस्तो खालको थियो ? === फिलिप्‍पी माकेडोनियाको क्षेत्रमा फिलिपद्वारा स्थापित गरिएको थियो, जो अलेक्जेन्डर महान्‌का पिता थिए । सहरलाई रोमी साम्राज्यभित्र नागरिकताको विशेषाधिकारहरूद्वारा सम्‍मान गरिएको थियो । यो यसै कारणले हो कि नागरिकताले त्यहाँको मण्‍डलीलाई लेखिएको पावलको पत्रमा एउटा ठूलो भूमिका खेल्छ । उनले भन्छन् कि ख्रीष्‍टिएनहरूको “नागरिकता स्वर्गमा” हुन्छ (३:२०) ।

भाग ३: अनुवादका महत्त्वपूर्ण विषयहरू

“तिमी”को एकवचन र बहुवचन रूपहरू

यस पुस्तकमा, “म” शब्दले पावललाई जनाउँछ । साथै, “तिमी” शब्दले प्राय सधैँ बहुवचनमा छ र यस पत्रलाई पढ्न सक्‍ने विश्‍वासीहरूलाई जनाउँछ । यसको अपवाद ४:३ हो । (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-exclusive]] अनि [[rc:///ta/man/translate/figs-you]])

यस पत्रमा “ख्रीष्‍टको क्रूसको शत्रु” (३:१८) भनेर पावलले के भन्‍न खोजेका हुन् ?

३:१९ बाट यस्तो देखिन्छ कि यिनीहरू सम्भवतः ती मानिसहरू थिए जसले सिकाउँथे कि ख्रीष्‍टमा स्‍वतन्‍त्रता पाउनु भनेको नतिजाहरू बिनाको ख्रीष्‍टिएन जसरी कोही व्यक्तिले आफूले जसरी चाहेको त्यसरी सधैँभरी जिउन सक्छ ।

यस पत्रमा “आनन्द” र “आनन्द मनाउनु” जस्ता शब्दहरू किन बारम्बार प्रयोग भएका छन् ?

पावलले यो पत्र लेख्दा तिनी झ्‍यालखानामा थिए (हेर्नुहोस्ः १:७) । उनको सतावटको बाबजुद, पावलले दोहोर्‍याइ-दोहोर्‍याइ भने कि येशूद्वारा देखाइएको परमेश्‍वरको अनुग्रहको कारण उनी आनन्दले भरिएका थिए । उनले उनका पाठकहरूलाई येशू ख्रीष्‍टमा त्यही प्रकारको भरोसा राख्‍नलाई प्रोत्साहन गर्न चाहे । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-irony)

पावलले “ख्रीष्‍टमा”, “प्रभुमा”, आदि अभिव्यक्तिहरूले के अर्थ दिन खोजेका हुन् ?

यस प्रकारको अभिव्यक्ति १:१, ८, १३, १४, २६, २७; २:१, ५, १९, २४, २९; ३:१, ३, ९, १४; ४:१, २, ४, ७, १०, १३, १९, २१ मा आउँछ । पावलले ख्रीष्‍ट र विश्‍वासीहरूसँगको धेरै नजिकको एकताको विचारलाई व्यक्त गर्न खोजेका हुन् । कृपया यस प्रकारको अभिव्यक्तिको थप विस्तृत जानकारीको लागि रोमीहरूको पुस्तकको परिचयलाई हेर्नुहोस् ।

फिलिप्‍पीहरूको पुस्तकको पाठ्यसामग्रीमा भएका प्रमुख विषयहरू के-के हुन् ?

के-के कुराहरू समावेश गर्ने भन्‍ने बारेमा केही अङ्ग्रेजी अनुवादका पाठ्यसामग्रीहरू सहमत हुँदैनन् । यो त्यस्ता पाण्‍डुलिपिहरू फेला परेकोले गर्दा हो जुन धेरैले विश्‍वास गर्छन् कि ती अझ बढी ठीक छन् । फिलिप्‍पीहरूको पुस्तकमा भएका सबैभन्दा महत्त्वपूर्ण विषयहरू निम्‍नानुसार छन्ः

  • केही संस्करणहरूमा यो पत्रको आखिरी पदको अन्तमा “आमेन्” छ (४:२३) । यूएलबी, र यूडिबी, र धेरै अरू नयाँ संस्करणहरूमा त्यो छैन ।

यदि “आमेन्”को अनुवाद हुन्छ भने, त्यो फिलिप्‍पीहरूको पुस्तकबाट लिइएको मौलिक कुरा होइन भनेर सङ्केत गर्नको लागि त्यसलाई ठूला कोष्‍ठकहरूभित्र ([]) राख्‍नुपर्छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-textvariants)