Door43-Catalog_ne_tn/php/04/14.md

2.9 KiB

मेरा कठिनाईहरूमा

पावल आफ्ना कष्‍टहरूलाई उनी बसेका कुनै एउटा ठाउँ भएको जसरी बताउँछन् । वैकल्पिक अनुवादः “जब परिस्थितिहरू कष्‍टकर भए” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

सुसमाचारको सुरुआत

यहाँ पावलले सुसमाचार भनेर उनको सुसमाचार प्रचारको कार्यलाई जनाउन खोजेका हुन् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

तिमीहरूबाहेक कुनै मण्डलीले दिने र लिने विषयमा मलाई सहायता गरेनन्

यसलाई सकारात्मक तरिकामा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “मलाई रुपियाँ-पैसा पठाउने वा मलाई सहायता गर्ने मण्डली तिमीहरू मात्रै थियौ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-doublenegatives)

म तिमीहरूको हिसाबमा बढ्दै जाने फल खोज्दछु

फिलिप्पीहरूका वरदानहरूको विषयमा पावलले एउटा व्यक्तिको बैङ्क खाताको बारेमा जस्तै गरी बताइरहेका छन् जुन खाता झनझन बढ्दै जान्छ । यस अवस्थामा, यो परमेश्‍वर हुनुहुन्छ जसले फिलिप्पीका विश्‍वासीहरूले गरेका असल कामहरूलाई पहिचान गर्नुहुन्छ । फिलिप्पीहरूले उपहारहरू दिएका पावल चाहन्छन् ताकि तिनीहरूले आत्मिक आशिष्‌हरू प्राप्‍त गर्न सकून् । वैकल्पिक अनुवादः “परमेश्‍वरले तिमीहरूलाई धेरैभन्दा धेरै आत्मिक आशिष्‌हरू दिनुभएको म चाहन्छु” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

अनुवादका शब्‍दहरू