Door43-Catalog_ne_tn/php/04/01.md

6.6 KiB

जोड्ने कथनः

पावलले फिलिप्पीमा भएका विश्‍वासीहरूलाई एकताको विषयमा केही निर्दिष्‍ट निर्देशनहरू दिन्छन् र त्यसपछि तिनीहरूलाई प्रभुमा जिउनको निम्ति सहायता गर्न निर्देशनहरू दिन्छन् ।

सामान्य जानकारीः

जब पावल “एउटै जुवामा भएको मेरो साँचो सहकर्मी” भनेर भन्दछन्, त्यहाँ “तिमी” भन्‍ने शब्द एकवचन हो । पावलले ती व्यक्तिको नामचाहिँ भन्दैनन् । ती व्यक्तिले पावलसँगै सुसमाचार फैलाउन कसरी गरेका थिए भनेर देखाउनको निम्ति उनले तिनलाई त्यो नामले बोलाएका हुन् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-you)

यसकारण, मेरा प्रिय भाइहरू हो, जसको म चाहना गर्दछु

“मेरा सहकर्मी विश्‍वासीहरू, म तिमीहरूलाई माया गर्दछु र तिमीहरूलाई भेट्ने उत्कट इच्छा गर्दछु”

भाइहरू

तपाईंले यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् Philippians 1:12.

मेरो आनन्द र मुकुट

फिलिप्पीको मण्डली उनको खुसीको कारण हो भनेर बताउन चाहेकाले पावलले “आनन्द” भन्‍ने शब्दको प्रयोग गर्छन् । “मुकुट” चाहिँ पातहरूको बनाइन्थ्यो, र कुनै महत्त्वपूर्ण खेल जितेपछि मानको चिन्हस्वरूप कुनै मानिसले उसको टाउकोमा यसलाई लगाउँथ्यो । यहाँ “मुकुट” भन्‍ने शब्दले फिलिप्पीको मण्डलीले परमेश्‍वरको अगाडि पावललाई सम्मान दिलाएको छ भन्‍ने अर्थ दिन्छ । वैकल्पिक अनुवादः “तिमीहरूले मलाई आनन्द दिन्छौ किनकि तिमीहरूले येशूमा विश्‍वास गरेका छौ, र तिमीहरू मेरो कामको निम्ति मेरो इनाम र सम्मान हौ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

मेरा प्रिय साथीहरू, यस्तै गरी प्रभुमा स्थिर रहो

“प्रिय साथीहरू, यसैकारण मैले तिमीहरूलाई सिकाएको तरिकामा प्रभुको निम्ति जिइराख”

म इयोदियालाई निवेदन गरिरहेको छु, र म सुन्तुखेलाई निवेदन गरिरहेको छु

यिनीहरू स्‍त्रीहरू थिए जो विश्‍वासी थिए र तिनीहरूले फिलिप्पीको मण्डलीमा पावललाई सहायता गरेका थिए । वैकल्पिक अनुवादः “म इयोदियालाई बिन्ती गर्दछु, र म सुन्तुखेलाई बिन्ती गर्दछु” (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-names)

प्रभुमा एउटै मनको हुन

“एउटै मनको हुन” भन्‍ने वाक्यांशले एउटै स्वभाव र विचारको हुनु भन्‍ने अर्थ दिन्छ । वैकल्पिक अनुवादः “तिमीहरू दुवै जनाले एउटै प्रभुमा विश्‍वास गर्ने हुनाले एक अर्कामा सहमत होओ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

मेरो साँचो सहकर्मी, म तिमीलाई पनि बिन्ती गर्छु

यहाँ “तिमी” भन्‍ने शब्दले “साँचो सहकर्मी”लाई जनाउँछ र यो एकवचन हो । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-you)

साँचो सहकर्मी

यो अलङ्कार कृषिबाट आएको हो, जहाँ दुईवटा पशुलाई एउटै जुवामा बाँधिन्छ र त्यसैले तिनीहरूले सँगै काम गर्छन् । वैकल्पिक अनुवादः “सहकर्मी” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

क्लेमेन्टसँगै

क्लेमेन्ट एकजना मानिस थिए जो विश्‍वासी थिए र फिलिप्पीको मण्डलीमा काम गर्थे । (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-names)

जसका नामहरू जीवनको पुस्तकमा छन्

“जसका नामहरू परमेश्‍वरले जीवनको पुस्तकमा लेख्‍नुभएको छ”

अनुवादका शब्‍दहरू