Door43-Catalog_ne_tn/phm/front/intro.md

5.9 KiB

फिलेमोनको परिचय

भाग १: सामान्य परिचय

फिलेमोनको पुस्तकको रूपरेखा

१. पावलले फिलेमोनलाई अभिवादन गर्छन् (१:१-३) १. पावलले ओनेसिमसका बारेमा फिलेमोनलाई अनुरोध गर्छन् (१:४-२१)

  1. निष्‍कर्ष (१:२२-२५)

फिलेमोनको पुस्तक केको बारेमा हो ?

पावलले यो पत्र फिलेमोन नाम गरेका एकजना मानिसलाई लेख्‍छन् । फिलेमोन एकजना ख्रीष्‍टिएन थिए जो कलस्सीको सहरमा बस्थे । उनको एकजना ओनेसिमस नाम गरेका दास थिए । ओनेसिमस उसको मालिकबाट भागेर गएका थिए र कुनै तरिकाले पावललाई झ्‍यालखानामा भेट्न सकेका थिए । पावलले फिलेमोनलाई बताउँछन् कि उनले ओनेसिमसलाई उनीकहाँ फिर्ता पठाउँदैछन्, र बताउँछन् कि फिलेमोनले उनलाई ख्रीष्‍टमा भएको एकजना भाइको रूपमा फेरि आफूसँग रहनलाई स्‍वागत गर्नुपर्छ । रोमी कानून अनुसार, फिलेमोनसँग ओनेसिमसलाई मृत्युदण्‍ड दिने अधिकार थियो । तर पावलले तर्क गर्छन् कि फिलेमोनले ओनेसिमसलाई एउटा ख्रीष्‍टिएन भाइको रूपमा फिर्ता ग्रहण गर्नुपर्छ र यस्तो पनि सुझाव दिन्छन् कि ओनेसिमसलाई पावलकहाँ फर्केर आउन दिनुपर्छ ताकि उनले पावललाई झ्‍यालखानामा सहायता गर्न सकून् ।

यस पुस्‍तकको शीर्षकको अनुवाद कसरी हुनुपर्छ ?

अनुवादकहरूले यस पुस्तकलाई यसको पारम्परिक शीर्षक “फिलेमोन” भनेर बोलाउनलाई छान्‍न सक्छन् । अथवा तिनीहरूले अझ बढी स्‍पष्‍ट शीर्षक छान्‍न सक्छन्, जस्तै, “फिलेमोनलाई पावलको पत्र” वा “पावलले फिलेमोनलाई लेखेको पत्र” । (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-names)

भाग २: महत्त्वपूर्ण धार्मिक र सांस्कृतिक अवधारणाहरू

के यस पत्रले दासत्वको अभ्यासलाई स्‍वीकृति दिन्छ ?

जहाँनिर पावलले ओनेसिमसलाई उनको पूर्व मालिककहाँ फर्केर जानलाई निर्देशन दिन्छन्, यसको अर्थ यो होइन कि उनले दासत्वलाई एउटा स्‍वीकारयोग्‍य अभ्यासको रूपमा मान्यता दिए । बरु, पावलको पाठ चाहिँ मानिसहरूले आफूहरूलाई जुनसुकै परिस्थितिको बाबजुद पनि परमेश्‍वरको सेवा गर्नुपर्ने कुराको महत्त्वमा केन्द्रित छ ।

“ख्रीष्‍टमा”, “प्रभुमा”, आदि ... जस्ता अभिव्यक्तिहरूबाट पावलले के भन्‍न खोजेका हुन् ?

पावलले ख्रीष्‍ट र विश्‍वासीहरूसँगको एकदमै नजिकको एकताको विचारलाई व्यक्त गर्न खोजेका हुन् । कृपया यस्तो प्रकारको अभिव्यक्तिको विस्तृत जानकारीको लागि रोमीहरूको पुस्तकको परिचयलाई हेर्नुहोस् ।

भाग ३: अनुवादका महत्त्वपूर्ण विषयहरू

“तिमी”को एकवचन र बहुवचन रूप

यस पुस्तकमा, “म” शब्दले पावललाई जनाउँछ । साथै, “तिमी” शब्द लगभग सधैँ एकवचनमा छ र त्यसले फिलेमोनलाई जनाउँछ । यसको दुई अपवादहरू १:२२ र १:२५ हुन् । त्यहाँ “तिमीहरू”ले फिलेमोन र विश्‍वासीहरूलाई जनाउँछ जो उनको घरमा भेला भएर भेट गर्थे । (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-exclusive]] अनि [[rc:///ta/man/translate/figs-you]])