Door43-Catalog_ne_tn/phm/01/17.md

4.1 KiB

त्यसैले यदि तिमीले मलाई सहकर्मी मान्यौ भने

“यदि तिमीले मलाई ख्रीष्‍टको एउटा सहकर्मी सम्झन्छौ भने”

त्यो मेरो हिसाबमा राखिदेऊ

“तिम्रो ऋणी म नै हुँ भनेर भनिदेऊ”

म पावल, आफ्नै हातले यो कुरा लेख्‍दैछु

“म पावल, आफैँले यो लेख्दै छु ।” पावलले यो भाग आफैँले लेखे ताकि फिलेमोनलाई थाहा होस् कि ती शब्‍दहरू साँच्‍चै पावलबाटै थिए । पावलले साँच्‍चै नै उसलाई तिर्ने थिए ।

उल्‍लेख नगरौँ

“मैले तिमीलाई सम्‍झना गराउन आवश्‍यक छैन” वा “तिमीलाई अघि नै थाहा छ ।” पावल भन्छन कि उनले फिलेमोनलाई यो भन्नु आवश्यक पर्दैन, तर जे भए पनि उसलाई बताउन जारी छ। यसले पावल आफूले भनेको कुराको सत्यतालाई जोड दिन्छ। (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-irony)

तिमी आफैँ स्वयम् म प्रति ऋणी छौ

“तिम्रो आफ्‍नै जीवनको निम्ति मप्रति ऋणी छौ ।” फिलेमोनले ओनेसिमस वा पावललाई केही नभएको भन्नु हुँदैन किनभने फिलेमोनले पावललाई बढी । तुल्याइरहेका थिए भनेर पावलले संकेत गरिरहेका थिए । पावलको अगि फिलेमोन आफ्नै जीवनको निम्ति ऋणी हुनुको कारणलाई स्पष्‍टसँग व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “मैले तिम्रो जीवन बचाएको कारणले गर्दा तिमी मप्रति झन् धेरै ऋणी भएका छौ” वा “तिमी मप्रति आफ्नै जीवनको ऋणी छौ किनकि मैले भनेको कुराले तिम्रो जीवन बचायो” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

मेरो हृदयलाई ताजा पारिदेऊ

यहाँ "पुर्नताजगी" आराम वा प्रोत्साहनको लागि रूपक हो। फिलेमोनले यो कसरी गरेको पावलले चाहन्छन् भन्‍ने कुरालाई स्‍पष्‍ट पार्न सकिन्छ । वैकल्‍पिक अनुवादः “मलाई उत्साह देऊ” वा “मलाई सान्‍त्‍वना देऊ” वा “ओनेसिमसलाई दयापूर्वक रीतिले स्‍वीकार गरेर मेरो हृदयलाई ताजा बनाइदेऊ” (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-metaphor]] अनि [[rc:///ta/man/translate/figs-explicit]])

अनुवादका शब्‍दहरू