Door43-Catalog_ne_tn/mrk/14/66.md

2.1 KiB

जोड्ने कथनः

येशूले भन्‍नुभए झैँ भाले दुई पटक बास्‍नुअगि नै पत्रुसले येशूलाई तीन पटक इन्कार गर्छन् ।

तल आँगनमा

“आँगन बाहिर” (युडीबी)

प्रधान पूजाहारीका नोकर्नीहरूमध्ये एक जना

नोकर्नी केटीहरूले प्रधान पूजाहारीको निम्ति काम गर्थे । वैकल्पिक अनुवादः “प्रधान पूजाहारीकहाँ काम गर्ने नोकर्नीहरूमध्ये एक जना” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

इन्कार गरे

यसको अर्थ केही कुरा सत्य होइन भन्‍नु हो । यस अवस्थामा पत्रुसले त्यस नोकर्नीले भनेकी कुरा सत्य होइन भन्दै थिए ।

तिमीले के भनिरहेका छौ, मैले न बुझ्छु न जान्दछु

“बुझ्‍नु” र “जान्‍नु” दुवैको अर्थ यहाँ एउटै हो । पत्रुसले भनेका कुरालाई जोड दिन अर्थ दोहोर्‍याइएको छ । वैकल्पिक अनुवादः “तिमीले के भनिरहेका छौ, म साँच्‍चै बुझ्दिनँ !” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-doublet)

अनुवादका शब्‍दहरू