Door43-Catalog_ne_tn/mrk/14/57.md

2.6 KiB

उहाँको विरुद्धमा झूटो गवाही ल्याए

यहाँ झूटो गवाही बोल्ने कुरालाई कसैले बोक्‍न सक्‍ने भौतिक कुरालाई झैँ गरी व्याख्या गरिएको छ । वैकल्पिक अनुवादः “उहाँको विरुद्धमा झुटो गवाही दिएर उहाँलाई दोष लगाए” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

यसले यसो भनेको हामीले सुन्यौँ

“हामीले येशूले भनेको सुन्यौँ ।” यहाँ “हामी” ले येशूको विरुद्धमा झूटो गवाही ल्याउनेहरूलाई जनाउँछ, जसमा जसलाई तिनीहरूले भनिरहेका छन् तिनीहरू पर्दैनन् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-exclusive)

हातद्वारा बनाइएका

यहाँ “हात” ले मानिसहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “मानिसहरूद्वारा बनाइएको ... मानिसको सहायता बिना” वा “मानिसहरूद्वारा निर्माण गरिएको ... मानिसको सहायता बिना” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-synecdoche)

तीन दिनमा

“तीन दिन भित्र ।” यसको अर्थ हुन्छ, कि मन्दिर तीन दिनभित्र निर्माण गरिने थियो ।

अर्को बनाउनेछु

छुटेको कुरालाई थप्‍न सकिन्छ । वैकल्पिक अनुवादः “अर्को मन्दिर निर्माण गर्नेछु” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-ellipsis)

सहमत भएन

“एक-अर्कामा बाझ्यो ।” यसलाई सकारात्मक तवरले व्यक्त गर्न सकिन्छ ।

अनुवादका शब्‍दहरू