Door43-Catalog_ne_tn/mrk/14/55.md

2.7 KiB

अब

यहाँ यसलाई कथामा फेरबदल आएको देखाउन प्रयोग गरेका छन् किनकि लेखकले येशूलाई केरकार गरेको कुरालाई निरन्तरता दिन्छन् ।

तिनीहरूले उहाँलाई मृत्युदण्ड दिन सकून्

तिनीहरू आफैँले येशूलाई मृत्युदण्ड दिने होइनन्, बरु अरूलाई गर्न लगाउँछन् । वैकल्पिक अनुवादः “तिनीहरूले येशूलाई मार्थे” वा “तिनीहरूले कसैलाई येशूलाई मार्न लगाउन सक्थे” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

तर तिनीहरूले कुनै पनि कुरा भेट्टाएनन्

तिनीहरूले येशूलाई दोष लगाएर मार्न सक्‍ने येशूको विरुद्धमा कुनै पनि दोष भेट्टाएनन् । वैकल्पिक अनुवादः “तर उहाँलाई दोष लगाउन सक्‍ने कुनै पनि दोष तिनीहरूले भेट्टाएनन्” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

उहाँको विरुद्धमा झुटो गवाही ल्याए

यहाँ झूटो गवाही बोल्ने कुरालाई कसैले बोक्‍न सक्‍ने भौतिक कुरालाई झैँ गरी व्याख्या गरिएको छ । वैकल्पिक अनुवादः “उहाँको विरुद्धमा झुटो गवाही दिएर उहाँलाई दोष लगाए” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

तिनीहरूका गवाही मिलेन

यसलाई सकारात्मक तवरले व्यक्त गर्न सकिन्छ । “तर तिनीहरूको गवाही एउटाको अर्कोसँग बाझ्यो”

अनुवादका शब्‍दहरू