Door43-Catalog_ne_tn/mrk/14/53.md

2.5 KiB

जोड्ने कथनः

मुख्य पूजाहारीहरू, शास्‍त्रीहरू र धार्मिक अगुवाहरूका भीडले येशूलाई प्रधान पूजाहारीकहाँ लगेपछि येशूको विरुद्धमा झुटो गवाही दिन खडा भएकाहरूलाई पत्रुसले नजिकै बसेर हेर्छन् ।

त्यहाँ तिनीसँग मुख्य पूजाहारीहरू, धर्म-गुरुहरू र शास्‍त्रीहरू भेला भएका थिए

यसलाई बुझ्नका लागि सजिलो पार्न मिलाउन सकिन्छ । “सबै मुख्य पूजाहारीहरू, धर्म-गुरुहरू र शास्‍त्रीहरू भेला भएका थिए”

अब

यहाँ यसलाई लेखकले पत्रुसको बारेमा भन्‍न सुरु गर्दा कथा फेरिएको देखाउन प्रयोग गरिएको छ ।

प्रधान पूजाहारीको घरको आँगनसम्म

पत्रुसले येशूलाई पछ्याउँदा प्रधान पूजाहारीको आँगनमा रोकिए । यसलाई स्पष्‍ट पार्न सकिन्छ । वैकल्पिक अनुवादः “र तिनी प्रधान पूजाहारीको आँगनसम्म गए” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

तिनी पहरेदारहरूसँगै बसे

पत्रुस आँगनमा काम गरिरहेका पहरेदारहरूसँगै बसे । वैकल्पिक अनुवादः “तिनी आँगनमा पहरेदारहरूसँगै बसे” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

अनुवादका शब्‍दहरू