Door43-Catalog_ne_tn/mrk/14/32.md

2.9 KiB

जोड्ने कथनः

जब उहाँहरू जैतून डाँडाको गेतसमनीमा जानुहुन्छ येशूले उहाँका तीन जना चेलालाई उहाँले प्रार्थना गर्नुहुँदा जागा रहन उत्साह दिनुहुन्छ । उहाँले तिनीहरूलाई ब्युँताउनुहुन्छ, र तेस्रो पटक तिनीहरूलाई उठाउनुहुन्छ, किनभने यो विश्‍वासघात गरिने समय हो ।

उहाँहरू ... ठाउँमा आइपुग्‍नुभयो

यहाँ “उहाँहरू” ले येशू र उहाँका चेलाहरूलाई जनाउँछ ।

व्याकुल हुनुभयो

कष्‍टले आजित हुनुभयो

अति चिन्तित हुनुभयो

“अति” शब्दले उहाँको प्राण साह्रै दुःखित भएको जनाउँछ । वैकल्पिक अनुवादः “अत्यन्तै दुःखित” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

मेरो प्राण ... छ

येशूले आफैँलाई आफ्नो प्राणको रूपमा उल्लेख गर्नुहुन्छ । वैकल्पिक अनुवादः “म हुँ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-synecdoche)

मरेजत्तिकै

घाम नउदाइसकेसम्म उहाँ मर्नुहुनेछैन भनेर येशूले जान्‍नुभए तापनि, येशूले उहाँ मर्न नै लाग्‍नुभएको जत्तिकै धेरै दुःख र कष्‍ट महसुस गर्नुहुन्छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-hyperbole)

जागा रहो

येशूले प्रार्थना गर्नुहुँदा चेलाहरू जागा रहनुपर्थ्यो । यसको अर्थ तिनीहरूले येशूले प्रार्थना गर्नुभएको हेर्नु भन्‍ने होइन ।

अनुवादका शब्‍दहरू