Door43-Catalog_ne_tn/mrk/14/28.md

2.4 KiB

जोड्ने कथनः

पत्रुसले उहाँलाई इन्कार गर्ने थियो भनी येशू स्पष्‍ट रूपमा बताउनुहुन्छ । पत्रुस र सबै चेलाले येशूलाई इन्कार गर्ने थिएनन् भन्‍ने कुरामा तिनीहरू पक्‍का छन् ।

म जीवित भई उठेपछि

यसको अर्थ हुन्छ, कि परमेश्‍वरले येशूलाई मृतकहरूबाट जीवित पार्नुहुनेछ । यसलाई कर्तृवाच्यमा उल्लेख गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्‍वरले मलाई फेरि जीवित पार्नुहुन्छ” वा “परमेश्‍वरले मलाई जीवित तुल्याउनुहुन्छ” (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-idiom]] अनि [[rc:///ta/man/translate/figs-activepassive]])

म तिमीहरूभन्दा अगि जानेछु

“म तिमीहरूको अगाडि जानेछु”

सबै जना पछि हटे पनि म पछि हट्नेछैन

"म गर्दिन" पूर्ण रुपमा "म लड्ने छैन" भनेर व्यक्त गर्न सकिन्छ। “पछि हट्नेछैन” युगल अकरण हो र यसले सकारात्मक अर्थ बहन गर्छ । आवश्यक परे यसलाई सकारात्मक तवरले व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “सबैले तपार्इंलाइ छोडे तापनि म तपार्इंसँग नै रहनेछु” (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-ellipsis]] अनि [[rc:///ta/man/translate/figs-doublenegatives]])

अनुवादका शब्‍दहरू