Door43-Catalog_ne_tn/mrk/14/17.md

2.6 KiB

जोड्ने कथनः

त्यस साँझ येशू र चेलाहरूले भोज खाइरहनुभएको बेला तिनीहरूमध्ये कुनैले उहाँलाई धोका दिने थियो भनी येशू भन्‍नुहुन्छ ।

उहाँ आफ्ना बाह्र जना चेलासँग आउनुभयो

उहाँहरू कहाँ आउनुभयो भनी उल्लेख गर्नु उपयुक्त हुन्छ । वैकल्पिक अनुवादः “उहाँ बाह्र जनासँग घरमा आउनुभयो” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

टेबुलमा अडेस लाग्दै

येशूको संस्कारमा, जब मानिसहरू खान भेला हुन्थे, तिनीहरू होचो टेबुलको छेउमा सिरानीमा एकापट्टि ढल्केर अडेस लाग्‍ने गर्थे ।

साँच्‍चै, म तिमीहरूलाई भन्दछु

यसले संकेत गर्दछ कि पछि कथन विशेष रूपमा सत्य र महत्त्वपूर्ण छ । ३:२८(../03/28.md) मा कसरी अनुवाद गर्नुभएको छ, सो हेर्नुहोस् ।

एक-एक जनाले

यसको अर्थ हुन्छ, कि हरेक चेलाले एक पटकमा एक जना गरेर उहाँलाई सोधे ।

पक्‍कै म होइन

सम्भावित अर्थहरू हुन् १) यो चेलाहरूले होइन भन्‍ने जवाफ पाउन भनी अपेक्षा गरेको प्रश्‍न हो वा २) यो जवाफ नचाहिने आलङ्कारिक प्रश्‍न हो । वैकल्पिक अनुवादः “निश्‍चय नै, तपार्इंलाई विश्‍वासघात गर्ने म होइन !” (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-rquestion]] अनि [[rc:///ta/man/translate/figs-explicit]])

अनुवादका शब्‍दहरू