Door43-Catalog_ne_tn/mrk/14/12.md

2.5 KiB

जोड्ने कथनः

येशूले चेलाहरूमध्ये दुई जनालाई निस्तारको भोज तयार पार्न पठाउनुहुन्छ ।

जब तिनीहरूले निस्तारको थुमा बलि चढाए

अखमिरी रोटीको चाडको सुरुमा थुमाको बलि चढाउने चलन थियो । वैकल्पिक अनुवादः “निस्तारको थुमा बलि चढाउने चलन थियो” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

पानीको गाग्रो बोकिरहेको

“पानीले भरिएको ठूलो भाँडो बोकिरहेका” (युडीबी)

गुरुज्यू भन्‍नुहुन्छ, “मेरो पाहुना कोठा कहाँ छ जहाँ मैले मेरा चेलाहरूसँग ... ?”

यसलाई अप्रत्यक्ष कथनमा लेख्‍न सकिन्छ । यसलाई नम्र अनुरोध हुने गरी अनुवाद गर्नुहोस् । वैकल्पिक अनुवादः “हाम्रा गुरुज्यूले पाहुना कोठा कहाँ छ भनी जान्‍न चाहनुहुन्छ जहाँ उहाँले आफ्‍ना चेलाहरूसँग निस्तारको भोज खानुभएको होस् ।” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-quotations)

पाहुना कोठा

आगन्तुकहरूका निम्ति कोठा

निस्तार खान

यहाँ “निस्तार”ले निस्तारको भोजलाई जनाउँछ । वैकल्‍पिक अनुवादः "निस्तारको भोजन खाऊ" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

अनुवादका शब्‍दहरू