Door43-Catalog_ne_tn/mrk/12/32.md

5.2 KiB

असल

“असल जवाफ”

परमेश्‍वर एक हुनुहुन्छ

यसको अर्थ त्यहाँ एक मात्र परमेश्‍वर हुनुहुन्छ भन्‍ने हुन्छ । वैकल्पिक अनुवादः “परमेश्‍वर एउटै मात्र हुनुहन्छ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-idiom)

कि त्यहाँ अरू कोही पनि छैन

"परमेश्‍वर" शब्द अघिल्लो वाक्यांशबाट बुझिएको छ। वैकल्पिक अनुवादः “कि त्यहाँ अरू कुनै परमेश्‍वर छैन” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-ellipsis)

सारा हृदय, सारा समझ र सारा शक्ति

“हृदय” व्यक्तिको भित्री मनुष्यत्व, त्यसको इच्छा र भावनाको निम्ति रूपक हो । समझले व्यक्तिको सोचाइलाई जनाउँछ र शक्तिले व्यक्तिको कुनै थोक गर्ने ताकतलाई जनाउँछ । वैकल्पिक अनुवादः हामीले चाहने र महसुस गर्ने सबै कुरामा, हामीले सोच्ने सबै कुरामा र हामीले गर्ने सबै कुरामा” (युडीबी) (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

हृदय ... समझ ... शक्ति

यहाँ “तिम्रो” शब्दलाई छोडिएको छ । यसलाई थप्‍न सकिन्छ । वैकल्पिक अनुवादः “तिम्रो हृदय ... तिम्रो दिमाग ... तिम्रो शक्ति” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-ellipsis)

आफ्नो छेमिकीलाई आफूलाई झैँ प्रेम गर्नलाई

तिनीहरूले आफैँलाई प्रेम गरे झैँ कसरी एउटाले अर्कालाई प्रेम गर्नुपर्छ भनी यो उपमाले तुलना गर्छ । वैकल्पिक अनुवादः “तिमीले आफूलाई प्रेम गरेजत्तिकै आफ्नो छिमेकीलाई प्रेम गर्नलाई” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-simile)

भन्दा पनि महान् हो

यो टुक्‍काको अर्थ एउटाभन्दा अर्को बढी महत्त्वपूर्ण छ भन्‍ने हुन्छ । यस मामलामा यी दुईवटा आज्ञाहरू परमेश्‍वरलाई होमबलि र बलिदानभन्दा पनि बढि मनपर्दा छन् । यसलाई स्पष्‍ट पारेर लेख्‍न सकिन्छ । वैकल्पिक अनुवादः “भन्दा पनि बढि महत्त्वपूर्ण छ” वा “भन्दा पनि परमेश्‍वरलाई बढि मनपर्दो छ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-idiom)

तिमीहरू परमेश्‍वरको राज्यबाट टाढा छैनौ

यसलाई सकारात्मक रूपमा उल्लेख गर्न सकिन्छ । यहाँ येशूले मानिस परमेश्‍वरप्रति राजाको रूपमा समर्पित हुन तयार भएको कुरालाई भौतिक रूपमा परमेश्‍वरको राज्यको नजिक भएजस्तै गरी बोल्नुहुन्छ । वैकल्पिक अनुवादः “तिमीहरू राजाको रूपमा परमेश्‍वरको अधीनमा हुन नजिकै छौ” (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-litotes]] अनि [[rc:///ta/man/translate/figs-metaphor]])

कसैले पनि ... आँट गरेन

यसलाई सकारात्मक रूपमा उल्लेख गर्न सकिन्छ । वैकल्पिक अनुवादः “सबै डराए” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-litotes)

अनुवादका शब्‍दहरू