Door43-Catalog_ne_tn/mrk/12/24.md

3.3 KiB

के यो कारण यो होइन कि तपाईं गलत हुनुहुन्छ ... परमेश्‍वरको शक्ति?

येशूले सदुकीहरूलाई हप्काउनुहुन्छ, किनभने तिनीहरू परमेश्‍वरको व्यवस्थाबारे गलत छन् । यसलाई कथनको रूपमा लेख्‍न सकिन्छ । वैकल्पिक अनुवादः “तिमीहरू गलत छौ, किनभने ... परमप्रभुको शक्ति ।” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)

तिमीहरूले धर्मशास्‍त्र जान्दैनौ

यसको अर्थ हुन्छ, कि तिनीहरूले पुरानो करारमा के लेखेका छन् भनी जान्दैनन् ।

परमेश्‍वरको शक्ति

“परमेश्‍वर कति शक्तिशाली हुनुहन्छ”

किनभने जब तिनीहरू मृत्युबाट जीवित भई उठ्नेछन्

यहाँ “तिनीहरू” ले उदाहरणका दाजुभाइहरू र महिलालाई जनाउँछ ।

मृत्युबाट जीवित भई उठ्छन्

यसको अर्थ हुन्छ, कि तिनीहरू फेरि जीवित हुनेछन् । "मरेकाहरू" भन्ने वाक्यांशले "मरेका मानिसहरूलाई" बुझाउँदछ र मृत हुनुको लागि रूपक हो। वैकल्‍पिक अनुवादः "मरेकाबाट बिउँतिएका छन्" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

तिनीहरूले न विवाह गर्छन् न त विवाह गर्नलाई नै दिइन्छन्

“तिनीहरूले विवाह गर्दैनन्, र तिनीहरूलाई विवाहमा दिइँदैन”

विवाह गर्नलाई नै दिइन्छन्

यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्छ । वैकल्पिक अनुवादः “तिनीहरूले विवाह गर्दैनन्, र कसैले तिनीहरूलाई विवाहको लागि दिँदैन” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

स्वर्ग

यसले परमेश्‍वरको वासस्थानलाई जनाउँछ ।

अनुवादका शब्‍दहरू