Door43-Catalog_ne_tn/mrk/12/18.md

2.8 KiB

पुनरुत्थान हुँदैन भनेर कसले भन्छ

यसले सदुकीहरू को हुन् भनी बताउँछ । यसलाई अझ प्रस्ट पारेर लेख्‍न सकिन्छ । वैकल्पिक अनुवादः “जसले मृतकहरूबाट पुनरुत्थान छैन भन्छन्” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

मोशाले हाम्रो लागि लेखे, ‘यदि कुनै मानिसको दाजु मर्छ भने

सदुकीहरूले मोशाले व्यवस्थामा लेखेका कुरा उद्धृत गर्दै छन् । मोशाको भनाइलाई अप्रत्यक्ष कथनमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “मोशाले हाम्रो निम्ति लेखे, कि यदि कुनै मानिसको दाजु मर्छ भने” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-quotations)

हाम्रो लागि लेखे

“हामी यहूदीहरूका निम्ति लेखे ।” सदुकीहरू यहूदीहरूको एउटा समूह थियो । यहाँ तिनीहरूले “हाम्रो लागि” लाई तिनीहरू आफैँलाई र सबै यहूदीलाई जनाउन प्रयोग गर्छन् ।

त्यो मान्छेले आफ्नी स्वास्नी राख्नु पर्छ

“त्यो मानिसले आफ्‍नो दाजुकी पत्‍नीलाई विवाह गर्नुपर्छ”

आफ्नो दाजुको लागि बच्‍चा जन्माउनुपर्छ

यसको अर्थ हुन्छ, कि ती सन्तानहरू मरेका दाजुका सन्तानहरू ठानिनेछन् । यसलाई पनि स्पष्‍ट पार्न सकिन्छ । वैकल्पिक अनुवादः “दाजुको निम्ति छोराछोरीहरू जन्माओस् जसलाई त्यसका सन्तानहरू ठानिनेछन्” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

अनुवादका शब्‍दहरू