Door43-Catalog_ne_tn/mrk/10/13.md

4.3 KiB

जोड्ने कथनः

जब मानिसहरूले तिनीहरूका स-साना बालबालिकाहरूलाई येशूकहाँ ल्याउँदा चेलाहरूले तिनीहरूलाई ह‍प्काउँछन्, उहाँले बालबालिकाहरूलाई आशिष् दिनुहुन्छ र परमेश्‍वरको ‍राज्यमा प्रवेश गर्न बालकजस्तै नम्र हुनुपर्छ भनी याद दिलाउनुहुन्छ ।

त्यसपछि तिनीहरूले ल्याए

“अब मानिसहरूले ल्याइरहेका थिए ।” यो कथाको अर्को भाग हो । (हेर्नुहोस्ः rc://*/ta/man/translate/writing-newevent)

उहाँले छोइदिनुभएको होस्

यसको अर्थ येशूले तिनीहरूलाई उहाँका हातले छोइदिनुहुने थियो र तिनीहरूलाई आशिष् दिनुहुने थियो भन्‍ने हुन्छ । वैकल्पिक अनुवादः “उहाँका हातले छुन र आशिष् दिन सक्‍नुभएको होस्” वा “उहाँले तिनीहरूमाथि हात राखेर आशिष् दिन सक्‍नुभएको होस्” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

तिनीहरूलाई हप्काए

“मानिसहरूलाई हप्‍काए”

येशूले यो देख्‍नुभयो

शब्द “यो”ले मानिसहरूले येशूकहाँ बालबालिकाहरू ल्याउँदा चेलाहरूले हप्काएको कुरालाई जनाउँछ ।

धेरै बेखुशी हुनुभयो

“रिसाउनुभयो” (युडीबी)

स-साना बालबालिकाहरूलाई मकहाँ आउन देओ, र तिनीहरूलाई मनाही नगर

यी दुवै वाक्यको आशय एउटै हो, केवल जोड दिनलाई दोहोरिएका छन् । केही भाषाहरूमा अर्कै तरिकाले जोड दिनु बढि स्वाभाविक हुन्छ । वैकल्पिक अनुवादः “स-साना बालबालिकाहरूलाई मकहाँ आउन दिनलाई पक्का गर” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-parallelism)

मनाही नगर

यो युगल अकरण हो । केही भाषाहरूमा सकारात्मक कथन बढि स्वाभाविक हुन्छ । वैकल्पिक अनुवादः “अनुमति देओ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-doublenegatives)

किनभने परमेश्‍वरको राज्य यस्तैहरूको हो

मानिसहरुका स्वामित्व भएको राज्यले उनीहरु सहितको राज्यलाई प्रतिनिधित्व गर्दछ। वैकल्पिक अनुवादः "परमेश्वरको राज्यले ती मानिसहरु लाई समावेश गर्छ" वा “किनभने तिनीहरू जस्तै मानिसहरू मात्रै परमेश्‍वरको राज्यको हिस्सा हुन्” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

अनुवादका शब्‍दहरू