Door43-Catalog_ne_tn/mrk/10/05.md

2.7 KiB

“यो यस कारणले थियो ... यो नियम”, येशूले तिनीहरूलाई भन्‍नुभयो । “तर

केही भाषाहरूमा वक्ताहरूले को बोलिरहेको छ भनी बताउन कुनै उद्धरणलाई बीचमा भङ्ग गर्दैनन् । बरु तिनीहरू भन्छन कि पूर्ण उद्धरणको सुरूवात वा अन्तमा कसले बोल्दै छ । वैकल्पिक अनुवादः “येशूले तिनीहरूलाई भन्‍नुभयो, ‘यो यस कारणले थियो ... यो नियम । तर” (हेर्नुहोस्ः rc://*/ta/man/translate/writing-quotations)

तिमीहरूका कठोर हृदयको कारण तिनले तिमीहरूका लागि यो व्यवस्था लेखेका हुन्

मोशाले तिनीहरूका पूर्खाहरूलाई व्यवस्था लेखे जसलाई तिनीहरूले अहिले पनि पालन गर्नुपर्थ्यो । वैकल्पिक अनुवादः “तिमीहरूका पूर्खाहरूका हृदय कठोर भएकोले तिनले यो व्यवस्था लेखे”

तिमीहरूका कठोर हृदयहरू

यसको अर्थ तिनीहरू धेरै हठी थिए भन्‍ने हुन्छ । वैकल्पिक अनुवादः “तिमीहरूका हठीपना” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-idiom)

परमेरश्‍वरले उनीहरूलाई नर र नारी बनाउनुभयो

उत्पत्तिको पुस्तकमा परमेश्वरले भन्नुभएको कुराबाट येशूले यो कुरा उद्धृत गर्नुभयो।

परमेश्‍वरले तिनीहरूलाई बनाउनुभयो

“परमेरश्‍वरले मानिसहरुलाई बनाउनुभयो”

अनुवादका शब्‍दहरू