Door43-Catalog_ne_tn/mrk/08/11.md

4.8 KiB

जोड्ने कथनः

दलमनुथामा येशू आफ्ना चेलाहरूसँग डुङ्गामा चढेर जानुअगि उहाँले फरिसीहरूलाई चिन्ह दिन इन्कार गर्नुहुन्छ ।

तिनीहरूले उहाँसँग खोजे

“तिनीहरूले ... को निम्ति उहाँसँग मागे”

स्वर्गबाट

यहाँ “स्वर्ग” ले परमेश्‍वरको वासस्थानलाई जनाउँछ, र यो परमेश्‍वरको निम्ति प्रतिस्थापकीय शब्द हो । वैकल्पिक अनुवादः “परमेश्‍वरबाट” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

उहाँको जाँच गर्न

येशू परमेश्‍वरबाट आएको हुनुहुन्थ्यो भनी प्रमाणित गर्न लगाउन फरिसीहरूले उहाँलाई जाँच्न खोजे । केही जानकारीलाई प्रस्ट पार्न सकिन्छ । वैकल्पिक अनुवादः “उहाँलाई परमेश्‍वरले नै पठाउनुभएको थियो भनी प्रमाणित गर्न” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

सुस्केरा हाल्‍नुभयो

यसको अर्थ भनेको भित्र हाल्नु र त्यसपछि लामो सास बाहिर गर्नु। ७:३४(../07/33.md) मा कसरी अनुवाद गर्नुभएको छ, सो हेर्नुहोस् ।

उहाँको आत्मामा

“उहाँ आफैँमा” (युडीबी)

यो पुस्ताले किन चिन्हको खोजी गर्छ ?

येशूले तिनीहरूलाई हप्काउँदै हुनुहुन्छ । यो प्रश्‍नलाई कथनको रूपमा उल्लेख गर्न सकिन्छ । वैकल्पिक अनुवादः “यो पुस्ताले चिन्ह खोज्‍नुहुँदैन” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)

यो पुस्ता

येशूले “यो पुस्ता” भन्‍नुहुँदा उहाँले त्यस बेला जिइरहेका मानिसहरूलाई जनाउँदै हुनुहुन्छ । यसमा यी फरिसीहरू पनि पर्छन् । वैकल्पिक अनुवादः “तिमीहरू र यस पुस्ताका मानिसहरू” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

कुनै चिन्ह दिइनेछैन

यसलाई कर्तृवाच्यमा उल्लेख गर्न सकिन्छ । वैकल्पिक अनुवादः “म चिन्ह दिनेछैन” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

उहाँले तिनीहरूलाई छोड्नुभयो, फेरि डुङ्गामा चढ्नुभयो

येशूका चेलाहरू उहाँसँगै गए । केही कुरालाई प्रस्ट पार्न सकिन्छ । वैकल्पिक अनुवादः “उहाँले तिनीहरूलाई छोड्नुभयो, अनि फेरि उहाँका चेलाहरूसँग डुङ्गामा चढ्नुभयो” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

अर्को भागतिर

यसले गालील समुद्रको वर्णन गर्छ, जसलाई स्पष्‍ट पार्न सकिन्छ । वैकल्पिक अनुवादः “समुद्रको पारिपट्टि” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

अनुवादका शब्‍दहरू