Door43-Catalog_ne_tn/mrk/05/25.md

2.5 KiB

जोड्ने कथनः

येशू बार्‍ह वर्षकी केटीलाई निको पार्न बाटोमा जाँदै गर्नुहुँदा बार्‍ह वर्षदेखि रगत बग्‍ने रोग भएकी महिलाले निको हुन येशूलाई छोएर अवरोध पुर्‍याएकी छिन् ।

अब त्यहाँ एक महिला थिइन्

“अब”ले कथामा यो महिलालाई चिनाएको सङ्केत दिन्छ । तपार्इंको भाषामा कथामा नयाँ मानिसहरूलाई कसरी चिनाइन्छ, विचार गर्नुहोस् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/writing-participants)

बार्‍ह वर्षदेखि रगत बग्‍ने रोग

ती महिलाको खुल्ला घाउ थिएन; तर तिनको महिनावारीको रगत नै रोकिँदैनथ्यो । तपार्इंको भाषामा यस अवस्थालाई जनाउने नरम तरिका हुनसक्छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-euphemism)

बार्‍ह वर्षदेखि

“१२ वर्षदेखि” (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-numbers)

तिनको अवस्था अझ नराम्रो भयो

“तिनको बिमार अझ बिग्रँदै गयो” वा “तिनको रक्तस्राव अझ बढ्यो”

येशूको बारेमा खबरहरू

तिनले येशूले मानिसहरूलाई कसरी निको पार्नुभयो भनी सुनेकी थिइन् । वैकल्पिक अनुवादः “यो कि येशूले मानिसहरूलाई निको पार्नुभयो” (युडीबी) (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

खास्टो

बाहिरी वस्‍त्र वा ओड्ने

अनुवादका शब्‍दहरू