Door43-Catalog_ne_tn/mrk/04/40.md

1.9 KiB

त्यसपछि उहाँले तिनीहरूलाई भन्‍नुभयो

“अनि येशूले उहाँका चेलाहरूलाई भन्‍नुभयो”

तिमीहरू किन डराएको ? के तिमीहरूसँग अझै विश्‍वास छैन ?

येशू तिनीहरूका साथमा हुँदा पनि तिनीहरू किन डराएका भनी विचार गर्न उहाँले यो प्रश्‍न सोध्‍नुभयो । यी प्रश्नहरू बयानको रूपमा लेख्न सकिन्छ। वैकल्पिक अनुवादः “तिमीहरू डराउनु हुँदैन । तिमीहरूसँग धेरै विश्‍वास हुनुपर्छ ।” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)

यिनी को हुन्, किनभने बतास र समुद्रले पनि यिनले भनेको मान्छन् ?

येशूले गर्नुभएको काम देखेर चकित हुँदै चेलाहरूले यो प्रश्‍न सोधे । यो प्रश्‍नलाई कथनको रूपमा उल्लेख गर्न सकिन्छ । वैकल्पिक अनुवादः “यी मानिस त साधारण मानिसजस्ता छैनन्; हावा र समुद्रले पनि यिनले भनेको मान्छन् !” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)

अनुवादका शब्‍दहरू