Door43-Catalog_ne_tn/mrk/04/38.md

2.8 KiB

येशू आफैँ

यहाँ “आफैँ”ले येशू डुङ्गाको पछिल्लो भागमा एक्लै हुनुहुन्थ्यो भनी जोड दिन्छ । वैकल्पिक अनुवादः “येशू आफैँ एक्लै हुनुहुन्थ्यो” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rpronouns)

डुङ्गाको पछिल्लो भाग

यो डुङ्गाको धेरै पछाडिको भागमा हुन्छ । “डुङ्गाको पछाडिको भाग”

तिनीहरूले उहाँलाई जगाए

“तिनीहरू” शब्दले चेलाहरूलाई जनाउँछ । अर्को पद, ३९,, "उहाँ उठनुभयो।" मा यस्तै विचार तुलना गर्नुहोस्। "उसले" येशूलाई बुझाउँछ।

हामी मर्न लागिसक्दा पनि के तपार्इं वास्ता गर्नुहुन्‍न ?

चेलाहरूले तिनीहरूको डर पोखाउन यो प्रश्‍न गरे । यो प्रश्‍नलाई कथनको रूपमा लेख्‍न सकिन्छ । वैकल्पिक अनुवादः “के भइरहेको छ भनी तपार्इंले ध्यान दिनुपर्छ; हामी सबै जना मर्न लागेका छौँ !” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)

हामी मर्न लागेका छौँ

“हामी”ले चेलाहरू र येशूलाई समावेश गर्छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-inclusive)

शान्त हो ! रोकिजा !

यी दुवै वाक्यांशहरू एउटै हुन् र येशूले बतास र समुद्रले के गरेको चाहनुहुन्थ्यो भन्‍ने कुरालाई जोड दिन प्रयोग गरिएका हुन् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-doublet)

ठूलो सन्‍नाटा छायो

“समुद्र अति अचल भयो” वा “समुद्र अति शान्त भयो”

अनुवादका शब्‍दहरू