Door43-Catalog_ne_tn/mrk/04/21.md

2.4 KiB

येशूले तिनीहरूलाई भन्‍नुभयो

“येशूले भीडलाई भन्‍नुभयो”

के तिमीहरूले बत्तीलाई पाथीमुनि अथवा खाटमुनि राख्‍न घरभित्र ल्याउँछौ ?

यो प्रश्‍नलाई कथनको रूपमा उल्लेख गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिमीहरूले निश्‍चय पनि बत्तीलाई डोकोमुनि वा खाटमुनि राख्‍न घरभित्र ल्याउँदैनौ !” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)

किनभने प्रकट नहुने गरी कुनै पनि कुरा लुकाइएको छैन ... खुलस्तमा आउँछ

यसलाई सकारात्मक कथनमा उल्लेख गर्न सकिन्छ । वैकल्पिक अनुवादः “किनभने लुकाइएका सबै कुरा प्रकट गरिनेछन्, र सबै गुप्‍त कुराहरू खुलस्त हुनेछन्” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-litotes)

कुनै पनि कुरा लुकाइएको छैन ... कुनै पनि गोप्य कुरा छैन

“लुकाइएको कुनै पनि कुरा छैन ... गोप्य राखेको कुनै पनि कुरा छैन” दुवै वाक्यांशको अर्थ एउटै हो । सबै गुप्‍त कुरा प्रकट गरिनेछन् भनी येशूले जोड दिँदै हुनुहुन्छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-parallelism)

यदि कसैको सुन्‍ने कान छ भने, त्यसले सुनोस्

यसलाई ४:९(./08.md) मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।

अनुवादका शब्‍दहरू