Door43-Catalog_ne_tn/mrk/04/18.md

3.7 KiB

अरूहरू चाहिँ ती हुन्, जो काँढाका झाङहरूका माझमा छरिएका थिए

केही मानिसहरू कसरी काँढाका माझमा छरिएका बिउहरूजस्ता हुन्छन् भनी येशूले व्याख्या गर्न सुरु गर्नुभयो । वैकल्पिक अनुवादः “र अरू मानिसहरू काँढाका बिचमा छरिएका बिउहरूजस्ता थिए” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

यस संसारको फिक्री

“यो जीवनको फिक्रीहरू” वा “यो वर्तमान जीवनको चिन्ताहरू”

धन-सम्पत्तिको छल

“धन-सम्पत्तिको चाहना”

प्रवेश गर्छन् र वचनलाई निसासिदिन्छन्

येशूले ती मानिसहरूको बारेमा बताउँदै गर्नुहुँदा जो काँढाका बिचमा परेका बिउहरू जस्ता छन्, उहाँले लालसा र चिन्ताले तिनीहरूको जीवनमा वचनलाई के गर्छ भनी व्याख्या गर्नुहुन्छ । वैकल्पिक अनुवादः “काँढाहरूले कलिला बिरुवालाई निसासिन लगाएजस्तै तिनीहरूको जीवनमा प्रवेश गर्छन् र वचनलाई निसासिन लगाउँछन्” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

यसले कुनै फल फलाउँदैन

“वचनले तिनीहरूमा कुनै फल फलाउँदैन”

तीहरू जो असल जमिनमा छरिएका थिए

केही मानिसहरू कसरी असल जमिनमा छरिएका बिउहरूजस्ता छन् भनी येशूले व्याख्या गर्न सुरु गर्नुभयो । वैकल्पिक अनुवादः “असल माटोमा छरिएका बिउहरू जस्तै” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

जे छरिएको थियो सो भन्दा तीस, साठी वा सय गुणा

यसले त्यो बिरुवाले उत्पादन गर्ने अन्‍नलाई जनाउँछ । वैकल्पिक अनुवादः “छरेको भन्दा केहीले तीस गुणा, केहीले साठी गुणा र केहीले सय गुणा अन्‍न फलाउँछ” वा “छरेको भन्दा केहीले ३० गुणा, केहीले ६० गुणा र केहीले १०० गुणा अन्‍न फलाउँछ” (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-ellipsis]] or [[rc:///ta/man/translate/translate-numbers]])

अनुवादका शब्‍दहरू