Door43-Catalog_ne_tn/mrk/04/16.md

3.1 KiB

यी तिनीहरू हुन्

“अनि केही मानिसहरू बिउहरूजस्ता छन् ।” केही मानिसहरू कसरी ढुंङे माटोमा परेका बिउहरूजस्ता छन् भनी येशूले व्याख्या गर्न सुरु गर्नुहुन्छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

तिनीहरूको आफैँमा जरा हुँदैन

यो अति छोटो जरा भएका कलिला ‍बिरुवाहरूसँगको तुलना हो । मानिसहरूले पहिले वचन सुन्दा तिनीहरू उत्साहित भएका, तर तिनीहरू यसप्रति समर्पित थिएनन् भन्‍ने यो रूपकको अर्थ हो । वैकल्पिक अनुवादः “अनि तिनीहरू जरा नभएका कलिला बिरुवाहरूजस्ता हुन्” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

जरा हुँदैन

यो जराहरू कति छोटा थिए भनी जोड दिने अतिशयोक्ति हो । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-hyperbole)

टिक्नु

यो दृष्‍टान्तमा “टिक्नु”को अर्थ “विश्‍वास गर्नु” हो । वैकल्पिक अनुवादः “तिनीहरूको विश्‍वासलाई निरन्तरता दिनु” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

वचनको कारणले

सङ्कष्‍ट किन आउँछ भनी व्याख्या गर्नु उपयुक्त हुन सक्छ । यो मानिसहरूले वचनलाई विश्‍वास गरेका कारणले आउँछ । वैकल्पिक अनुवादः “किनभने तिनीहरूले वचनमा विश्‍वास गरे” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

तिनीहरूले ठेस खान्छन्

यो दृष्‍टान्तमा “ठेस खानु” को अर्थ हुन्छ, “परमेश्‍वरको सन्देशमा विश्‍वास गर्न छोड्नु” (युडीबी) (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

अनुवादका शब्‍दहरू