Door43-Catalog_ne_tn/mrk/04/10.md

3.7 KiB

जब येशू एक्लै हुनुहुन्थ्यो

यसको अर्थ येशू मात्रै हुनुहुँदा भन्‍ने होइन; बरु भिड गइसकेको थियो अनि येशू बाह्र जना र उहाँका केही नजिकका अनुयायीहरू सँग मात्रै हुनुहुन्थ्यो भन्‍ने हुन्छ ।

तिमीहरूलाई दिइएको छ

यसलाई कर्तृवाच्यमा उल्लेख गर्न सकिन्छ । “परमेश्‍वरले तिमीहरूलाई दिनुभएको छ” वा “मैले तिमीहरूलाई दिएको छु” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

बाहिरकाहरूलाई

“तर तिनीहरूलाई जो तिमीहरूका माझमा छैनन् ।” यसले अरू सबै मानिसहरूलाई जनाउँछ, जो बाह्र जनामध्येका वा येशूका अन्य नजिकका अनुयायीहरूमध्येका थिएनन् ।

सबैकुरा दृष्‍टान्तहरूमा दिइएको छ

येशूले मानिसहरूलाई दृष्‍टान्त दिनुहुन्छ भनी उल्लेख गर्न सकिन्छ । वैकल्पिक अनुवादः “मैले सबै कुराहरू दृष्‍टान्तमा बोलेको छु” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-ellipsis)

जब तिनीहरूले हेर्छन् ... जब तिनीहरूले सुन्छन्

येशूले उहाँले तिनीहरूलाई देखाउनुभएको कुरा हेर्ने र उहाँले तिनीहरूलाई बताउनुभएको कुरा सुन्‍ने मानिसहरूको बारेमा बोलिरहनुभएको ठानिएको छ । वैकल्पिक अनुवादः “जब तिनीहरूले मैले के गरिरहेको छु देख्छन् ... जब तिनीहरूले मैले के भनिरहेको छु सुन्छन्” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

तिनीहरूले हेर्छन्, तर देख्दैनन्

येशूले तिनीहरूले हेरेका कुराहरूलाई बुझ्नुलाई देख्नुको रूपमा बताउनुहुन्छ । वैकल्पिक अनुवादः “तिनीहरूले हेर्छन् तर बुझ्दैनन्” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

फर्कनु

यसले पापबाट फर्कने कुरालाई जनाउँछ ।

अनुवादका शब्‍दहरू