Door43-Catalog_ne_tn/mrk/01/intro.md

4.0 KiB

मर्कूस ०१ सामान्य टिपोटहरू

संरचना र ढाँचा

केही अनुवादहरूले पुरानो करारका उद्धरणहरूलाई अलग राख्‍न रोज्‍छन् । यूएलबी र अरू धेरै अङ्ग्रजी अनुवादहरूले मर्कूस १:२-३ का पङ्क्तिहरूलाई अलग राख्‍छन्, जुन पुरानो करारबाटको एउटा उद्धरण हो ।

यस अध्यायमा भएका विशेष अवधारणाहरू

“तपाईंले मलाई शुद्ध गर्न सक्‍नुहुन्छ”

कुष्‍ठरोग एउटा छालाको रोग थियो जसले कोही व्यक्तिलाई अशुद्ध र परमेश्‍वरलाई उचित तरिकाले आराधना गर्नलाई असक्षम बनाउँथ्यो । येशू मानिसहरूलाई शारीरिक रूपले “शुद्ध” वा स्वस्थ बनाउन साथै आत्मिक रूपले “शुद्ध” वा परमेश्‍वरको नजरमा ठीक बनाउन सक्षम हुनुहुन्छ । (हेर्नुहोस्ः [[rc:///tw/dict/bible/kt/unclean]] अनि [[rc:///tw/dict/bible/kt/clean]])

यस अध्यायमा भएका अनुवादका अन्य सम्भाव्य कठिनाइहरू

बितेका घटनाहरू

यस अध्यायका थुप्रै भागहरू पहिल्यै घटिसकेका घटनाहरूको क्रम हो । कुनै दिइएको खण्‍डमा, मर्कूसले कहिलेकाहीँ केही घटनाहरूलाई पहिल्यै घटिसकेको रूपमा र अन्य घटनाहरू अझै घट्न जाने प्रक्रियामै (ती उनले लेख्‍ने समयमा पूरा भइसकेका भएतापनि) रहेको जसरी लेख्छन् । यसले घटनाहरूको अतार्किक क्रम बनाएर अनुवादमा कठिनाइ पैदा गर्न सक्छ । सबै घटनाहरू पहिल्यै घटिसकेका छन् भनेको जसरी लेखेर यिनीहरूलाई एक अर्कामा मिल्दो बनाउन आवश्‍यक हुन सक्छ । (हेर्नुहोस्ः मर्कूस १:४-५)

“परमेश्‍वरको राज्य नजिकै छ”

विद्वानहरू “परमेश्‍वरको राज्य” यही समयमा थियो वा त्यो अझै आउँदै गरेको केही कुरा हो भन्‍ने विषयमा विवाद गर्छन् । अङ्ग्रजी अनुवादहरूले बारम्बार “हातैमा” भन्‍ने पदावलीको प्रयोग गर्छ, तर यसले अनुवादकहरूलाई कठिनाइ पैदा गर्न सक्छ । अन्य संस्करणहरूले “आउँदै छ” र “नजिकै आएको छ” भन्‍ने पदावलीको प्रयोग गर्छ ।

सम्बन्धित खण्‍डहरूः

| >>