Door43-Catalog_ne_tn/mrk/01/35.md

1.9 KiB

जोड्ने कथनः

येशूले मानिसहरूलाई निको पार्ने उहाँको समयको बिचमा पनि प्रार्थना गर्ने समय निकाल्नुहुन्छ । त्यसपछि उहाँ गालील सहरभरि प्रचार गर्न, निको पार्न र भूतहरू निकाल्न जानुहुन्छ ।

सामान्य जानकारीः

यहाँ “उहाँ” र “उहाँलाई” भन्ने शब्दहरूले येशूलाई संकेत गर्दछ।

एकान्त ठाउँमा जानुभयो

“उहाँ एक्लै हुन सक्‍नुहुने ठाउँ”

सिमोन र तिनीसँग भएकाहरू

यहाँ “तिनी” ले सिमोनलाई जनाउँछ । अनि तिनीसँग भएकाहरूले अन्द्रियास, याकूब, यूहन्‍ना र सम्भवतः अरूहरूलाई पनि जनाउँछ ।

सबैले तपार्इंलाई खोजिरहेका छन्

यहाँ “सबै” शब्द येशूलाई धेरै मानिसहरूले खोजिरहेका थिए भनी जोड दिन प्रयोग गरिएको अतिशयोक्ति हो । वैकल्पिक अनुवादः “धेरै मानिसहरूले तपार्इंलाई खोजिरहेका छन्” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-hyperbole)

अनुवादका शब्‍दहरू