Door43-Catalog_ne_tn/mat/27/51.md

3.2 KiB

जोड्ने कथन:

जब येशू मर्नुभयो तब भएका घटनाहरूको विवरणलाई यस खण्डले सुरुवात गर्दछ ।

हेर

अब यसपछि आउने आश्‍चर्यजनक सन्देशप्रति ध्यान दिन लेखकले पाठकहरूलाई बताइरहेका छन् ।

मन्दिरको पर्दा दुई भाग भयो

यसलाई कर्तृ वाक्‍यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः "मन्दिरको पर्दा दुई टुक्रा भयो" वा "परमेश्वरले मन्दिरको पर्दा दुई टुक्रा पार्नुभयो" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

चिहानहरू उघारिए, र धेरै पवित्र जनहरूका मृत शरीरहरू उठाइए, जो निन्द्रामा परेका थिए

यसलाई कर्तृ वाक्‍यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः "परमेश्वरले चिहानहरू खोलिदिनुभयो र मरेका थुप्रै ईश्वरभक्तहरूको शरीर लिनुभयो" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

निन्द्रामा परेका थिए

यो मर्नेलाई संकेत गर्ने एक सभ्य तरिका हो । वैकल्पिक अनुवादः “मरेका थिए ।” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-euphemism)

चिहानहरू उघारिए ... धेरैका माझमा देखा परे

यहाँ, घटनाहरूको क्रम अस्पष्‍ट छ । सम्भावित क्रमः येशूको मृत्युपछि जब भूकम्प गयो तब चिहानहरू उघारिए । (१) सन्तहरू उठाइए, येशूको पुनरुत्थान भयो, र सन्तहरू सहरभित्र प्रवेश गरे, अनि धेरै मानिसहरूले तिनीहरूलाई देखे, वा (२) येशूको पुनरुत्थान भयो, र सन्तहरू उठाइए, सहरमा प्रवेश गरे, अनि तिनीहरूलाई धेरै मानिसहरूले देखे ।

अनुवादका शब्‍दहरू