Door43-Catalog_ne_tn/mat/27/03.md

3.8 KiB

जोड्ने कथन:

यहूदाले कसरी आफैँलाई मार्‍यो भन्‍ने घटनाको विवरणलाई यस खण्डले शुरुवात गर्छ ।

सामान्य जानकारी:

यो घटना यहूदीहरूको धार्मिक नेताहरूको समक्ष अगाडि येशूको पुर्पक्ष पछि भएको थियो, तर हामी जान्दैनौं कि यो पिलातसको अगाडि येशूको पुर्पक्ष भएको थियो कि थिएन वा थिएन । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-events)

त्यसपछि जब यहूदा

यदि तपाईंको भाषामा एक नयाँ कहानी सुरू भएको देखाउँदै छ भने, तपाईं त्यो यहाँ प्रयोग गर्न सक्नुहुन्छ ।

जसमा येशू दोषी हुनुहुन्थ्यो

यसलाई कर्तृ वाक्‍यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः "यहूदी नेताहरूले येशूको निन्दा गरेका थिए" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

ती चाँदीका तिसवटा सिक्‍का

त्यो पैसा जुनचाहिँ येशूलाई धोका दिनको निम्ति मुख्य पुजारीहरूले यहूदालाई दिएका थिए । तपाईंले यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् मत्ती २६:१५

निर्दोष रगत

यो मुहावरे हो जुन निर्दोष व्यक्तिको मृत्युलाई जनाउँछ। वैकल्पिक अनुवादः “त्यो व्यक्‍ति जसले मर्नुपर्ने काम गरेको छैन ।” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-idiom)

त्यो हाम्रोलागि के हो?

यहूदी नेताहरूले यो प्रश्नलाई जोड दिनको लागि कि उनीहरूले यहूदाको कुराको वास्ता गरेनन् । वैकल्‍पिक अनुवादः "यो हाम्रो समस्या होइन!" वा "यो तपाईंको समस्या हो!" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)

चाँदीका टुक्राहरू मन्दिरमा फ्याँकिए

सम्भावित अर्थ १) उसले मन्दिरको चोकमा हुँदा चाँदीका टुक्रा फाल्यो, वा २) ऊ मन्दिरको चोकमा उभिरहेको थियो, र उसले चाँदीका टुक्राहरू मन्दिरमा फ्याँक्यो ।

अनुवादका शब्‍दहरू