Door43-Catalog_ne_tn/mat/25/31.md

2.9 KiB

जोड्ने कथन:

येशूले अन्त्यको समयमा फर्कनेबित्तिकै मानिसहरूलाई कसरी इन्साफ गर्ने भनेर चेलाहरूलाई बताउन थाल्नुहुन्छ ।

मानिसको पुत्र

येशू तेस्रो व्यक्तिमा आफ्नै बारे कुरा गर्दै हुनुहुन्छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-123person)

उनको सामुन्‍ने सारा जाति भेला गराइनेछन्

यसलाई कर्तृ वाक्‍यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “उहाँले सबै जातिलाई आफ्नो सामुन्‍ने भेला गराउनुहुनेछ ।” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

उनको सामुन्‍ने

“उनको अगाडि”

सारा जाति

यहाँ "राष्ट्रहरू" मान्छे बुझाउँछ। वैकल्पिक अनुवादः “सबै देशका सबै मानिस” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

जसरी गोठालोले भेडालाई बाख्राबाट छुट्याउँछ

मानिसहरूलाई कसरी छुट्याउने भनेर वर्णन गर्न येशू एउटा दृष्टान्त चलाउनुहुन्छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-simile)

उसले भेडाहरूलाई आफ्नो दाहिनेपट्टि राख्नेछ, र बाख्राहरूलाई आफ्नो देब्रेपट्टि

यो एक रूपक हो जसको अर्थ मानिसको पुत्रले सबै मानिसहरूलाई अलग गर्नेछ। उसले धार्मिक मानिसहरूलाई उसको दाहिनेपट्टि राख्नेछ र पापीहरूलाई उसको देब्रेपट्टि राख्नेछ। (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

अनुवादका शब्‍दहरू