Door43-Catalog_ne_tn/mat/25/10.md

3.2 KiB

जोड्ने कथन:

बुद्धिमति र निर्बुद्धि कन्याहरूका विषयमा दृष्‍टान्त भन्‍ने कामलाई येशूले निरन्तरता दिनुहुन्छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-parables)

तिनीहरू ... बाहिर गए

“पाँच जना निर्बुद्धि कन्या ... बाहिर गए”

किन्नु

बुझिएको जानकारी स्पष्ट रूपमा भन्न सकिन्छ । वैकल्‍पिक अनुवादः "बढी तेल किन्न" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-ellipsis)

जति जना तयार थिए

“पाँच जना कन्या जससँग फाल्तु तेल थियो”

अनि ढोका बन्‍द गरियो

यसलाई कर्तृ वाक्‍यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “नोकरहरुले ढोका बन्द गरिदिए ।” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

हाम्रो लागि खोलिदिनुहोस्‌

यो निहित जानकारी स्पष्ट रूपमा भन्न सकिन्छ । वैकल्पिक अनुवादः “हाम्रो निम्ति ढोका खोलिदिनुहोस्, ताकि हामी भित्र आउन सकौँ ।” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

म तिमीहरूलाई साँचो भन्दछु

"म तिमीलाई साँचो कुरा भन्छु ।" यसले मालिकले अर्को के भन्छ जोड दिन्छ ।

म तिमीहरूलाई चिन्‍दिनँ

“तिमीहरू को हौ भन्‍ने कुरा मलाई थाहा छैन ।” यो दृष्टान्तको अन्त हो ।

त्यो दिन वा घडी तपाईंलाई थाहा छैन

यहाँ "दिन" र "घण्टा" सहि समयलाई जनाउँछ। निहित जानकारी स्पष्ट रूपमा भन्न सकिन्छ । वैकल्‍पिक अनुवादः "तपाईंलाई ठ्याक्क समय थाहा छैन जब मानिसको पुत्र कहिले फर्कनेछ" (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-metonymy]] अनि [[rc:///ta/man/translate/figs-explicit]])

अनुवादका शब्‍दहरू