Door43-Catalog_ne_tn/mat/24/03.md

2.0 KiB

तपाईको आगमन र युगको अन्त्यको चिन्ह के हुनेछ

यहाँ "तपाईंको आगमन" भनेको येशू कहिले सत्तामा आउनुहुनेछ भन्ने कुरालाई बुझाउँदछ, पृथ्वीमा परमेश्वरको शासन स्थापना गर्दछ र यस युगको अन्त्य हुनेछ । वैकल्‍पिक अनुवादः "तपाईले आउन लाग्नु भएको संसारको अन्त्य हुन लागेको संकेत के हुनेछ?" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

होसियार रहो, कसैले तिमीहरूलाई नभड्काओस्

“होसियार बस, यी कुराहरूको बारेमा तिमीहरूलाई झुट बोल्नेहरू कसैलाई पनि विश्‍वास नगर ।”

धेरै मानिसहरू मेरो नाममा आउनेछन्

यहाँ "नाम" ले "अधिकारमा" वा कसैको "प्रतिनिधि" को रूपमा जनाउँछ । वैकल्‍पिक अनुवादः "धेरैले दावी गर्दछन् कि तिनीहरू मेरो प्रतिनिधि भएर आएका छन्" वा "धेरैले मेरो लागि बोल्छन् भन्दछन्" । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

अनुवादका शब्‍दहरू