Door43-Catalog_ne_tn/mat/23/34.md

4.3 KiB

जोड्ने कथन:

धार्मिक अगुवाहरूको कपटको कारण येशूले तिनीहरूको विरुद्धमा बोल्ने कामलाई निरन्तरता दिनुहुन्छ ।

म तिमीहरूलाई अगमवक्ताहरू र ज्ञानी मानिसहरू र शास्त्रीहरू पठाउँदै छु

कहिलेकाँही वर्तमान काल भनेको कसैले चाँडै केहि केही गर्ने छ भनेर देखाउन प्रयोग गरिन्छ । वैकल्‍पिक अनुवादः "म तपाईंलाई भविष्यवक्ताहरू, ज्ञानी मानिसहरू र शास्त्रीहरू पठाउँछु।"

पृथ्वीमा बगाइएको सबै धार्मिक रगत तपाईंमा आउनेछ

"तपाइँ आउनुहुनेछ" भन्ने वाक्यांश एक मुहावरा हो जसको अर्थ सजाय प्राप्त गर्नु हो । रगत बहाउनु भनेको मृत्युदण्डको अर्थ हो, त्यसैले "धर्मीको रगत जुन पृथ्वीमा बगेको छ", मारिएका धार्मिक मानिसहरूलाई प्रतिनिधित्व गर्दछ । वैकल्‍पिक अनुवादः "परमेश्‍वरले सबै धार्मिक मानिसहरुको हत्याको लागि सजाय दिनुहुन्छ" (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-idiom]] अनि [[rc:///ta/man/translate/figs-metonymy]])

रगतबाट ... रगतमा

यहाँ "रगत" शब्दले व्यक्तिको हत्या भएको प्रतिनिधित्व गर्दछ । वैकल्‍पिक अनुवादः "हत्याबाट ... हत्या सम्म" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

हाबिल ... जकरिया

हत्याराको पहिलो शिकार हाबिल थिए, र सम्भवतः जकरियाचाहिँ यहूदीहरूद्वारा मन्दिरमा हत्या गरिएकाहरूमध्ये अन्तिम व्यक्‍ति थिए भनेर मानिन्छ । यी दुई व्यक्तिहरूले सबै हत्या भएका धर्मी व्यक्तिलाई प्रतिनिधित्व गर्छन्. (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-synecdoche)

जकरिया

बप्‍तिस्‍मा-दिने यूहन्‍नाका पिता होइनन् ।

जसलाई तिमीले मार्यौ

येशूले आफूले बोल्नुहुने मानिसहरूलाई जकरियालाई मार्न खोजेको होइन । यसको मतलब हो तिनीहरूका पुर्खाहरूले गरे ।

साँचो म तिमीलाई भन्दछु

"म तिमीलाई साँचो कुरा भन्छु।" यसले येशू अब के भन्छ जोड दिन्छ ।

अनुवादका शब्‍दहरू