Door43-Catalog_ne_tn/mat/20/29.md

2.5 KiB

जोड्ने कथन:

येशूले दुई जना दृष्‍टिविहीन मानिसलाई निको पार्नुभएको घटनाको विवरणलाई यो खण्डले निरन्तरता दिन्छ ।

जसै तिनीहरू ... गए

यो वाक्यांशले येशू र उहाँका चेलाहरूको बारेमा बोल्दछ ।

उहाँको पछि लाग्यो

“येशूलाई पछ्यायो”

त्यहाँ दुई अन्धा मानिसहरू बसिरहेका थिए

यसलाई कहिलेकाँही अनुवाद गरिएको छ "हेर, त्यहाँ दुई अन्धा मानिसहरू बसिरहेका थिए।" यसपछि आउने अचम्मको जानकारीप्रति हाम्रो ध्यान केन्द्रित गर्नको निम्ति लेखकले हामीलाई बताइरहेका छन् । तपार्इंको भाषामा यस्तो गर्नको निम्ति कुनै तरिका हुन सक्छ ।

जब तिनीहरूले सुने

"जब ती दुई अन्धा मानिसहरूले सुने"

त्यहाँबाट भएर जाँदै हुनुहुन्छ

“तिनीहरूको छेउबाट भएर जाँदै हुनुहुन्छ”

दाऊदको पूत्र

येशू दाऊदको वास्तविक पुत्र हुनुहुन्न, त्यसैले यसलाई "राजा दाऊदको वंशज" भनेर अनुवाद गर्न सकिन्छ । जे होस्, "दाऊदको पूत्र" पनि मसीहको लागि एक उपाधि हो, र ती मानिसहरूले येशूलाई यस पदवीले सम्भवतः बोलाइरहेका थिए ।

अनुवादका शब्‍दहरू