Door43-Catalog_ne_tn/mat/19/13.md

2.7 KiB

जोड्ने कथन:

येशूले साना बच्चाहरूलाई ग्रहण गर्नुहुन्छ र आशिष् दिनुहुन्छ।

उहाँकहाँ केही स-साना बालकहरूलाई ल्याइयो

यसलाई कर्तृ वाक्‍यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “केही मानिसहरूले साना बालकहरूलाई येशूकहाँ ल्याए ।” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

अनुमति देओ

“आउन देओ”

तिनीहरूलाई मकहाँ आउन नरोक

“तिनीहरूलाई मकहाँ आउन रोक नलगाओ ।”

किनभने स्वर्गको राज्य यिनीहरूकै हो

यहाँ "स्वर्गको राज्य" ले परमेश्वरको शासनलाई राजा भनेर संकेत गर्दछ । यो वाक्यांश केवल मत्तीको पुस्तकमा पाइन्छ । यदि सम्भव छ भने, तपाईंको अनुवादमा "स्वर्ग" राख्नुहोस् । वैकल्‍पिक अनुवादः "जब स्वर्गमा हाम्रा परमेश्वरले पृथ्वीमा आफ्नो शासन स्थापना गर्नुहुन्छ, उहाँ त्यस्ता जस्ता राजा हुनुहुनेछ" वा “यी साना बालकहरूजस्ता मानिसहरू मात्रै स्वर्गको राज्यमा जान सक्छन्” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

त्यस्तालाई सम्बन्धित छ

"बच्चाहरू जस्ता त्यस्ताका हुन्छन् ।" यो एउटा उपमा हो जसको मतलब केटाकेटी जस्तो नम्र व्यक्तिले परमेश्वरको राज्यमा प्रवेश गर्नेछ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-simile)

अनुवादका शब्‍दहरू