Door43-Catalog_ne_tn/mat/14/13.md

3.3 KiB

जोड्ने कथन:

हेरोदले बप्तिस्मा दिने यूहन्नालाई मार्ने कुरा सुनेपछि येशूले कस्तो प्रतिक्रिया देखाउनुभयो भनेर यी पदहरूले वर्णन गर्दछ ।

सामान्य जानकारी:

यी पदहरूले येशू पांच हजार मानिसहरूलाई खुवाएर चमत्कारहरू गर्दै हुनुहुन्छ भन्ने कुराको पृष्ठभूमि जानकारी दिन्छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/writing-background)

अब

यो शब्द यहाँ मुख्य कहानी मा एक ब्रेक मार्क गर्न प्रयोग भएको छ। यहाँ मतिले कथाको नयाँ भाग भन्न थाल्छ।

यो कुरा सुन्‍नुभयो

“यूहन्‍नालाई के भएको थियो भन्‍ने कुरा उहाँले सुन्‍नुभएपछि” वा “यूहन्‍नाको बारेमा उहाँले खबर सुन्‍नुभएपछि ।”

उहाँले ... छोडेर

“उहाँले छोड्नुभयो” वा “भिडबाट टाढा जानुभयो ।” यो संकेत गरिएको छ कि येशूका चेलाहरू उहाँसँगै गए। वैकल्‍पिक अनुवादः "येशू र उनका चेलाहरू बाँकी" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

त्यहा बाट

"त्यो ठाउँबाट"

जब भिडहरूले यो कुरा सुने

“जब भिडका मानिसहरूले उहाँहरू कहाँ जानुभएको थियो भन्‍ने कुरा सुने” (युडीबी हेर्नुहोस्) वा “उहाँले त्यो ठाउँ छोड्नुभयो भनेर जब भिडका मानिसहरूले सुने ।”

भिडहरू

“मानिसहरूको भिड” वा "मान्छे को विशाल समूह" वा “मानिसहरू”

पैदल

यसको मतलब यो हो कि भीडमा हिंडिरहेका थिए । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-idiom)

त्यसपछि येशू तिनीहरूको अगाडि आउनुभयो र उहाँले ठुलो भिड देख्‍नुभयो

“जब येशू समुद्रको किनारमा आउनुभयो, उहाँले त्यहाँ एउटा ठुलो भिड देख्‍नुभयो ।”

अनुवादका शब्‍दहरू