Door43-Catalog_ne_tn/mat/13/44.md

4.8 KiB

जोड्ने कथन:

येशूले स्वर्गको राज्यको बारेमा दुई दृष्टान्तहरू बताउनुहुन्छ जसले उनीहरूको सम्पत्ति बेचेर ठूलो मूल्यवान् चीज किन्नको लागि छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-parables)

सामान्य जानकारी:

यी दुई दृष्‍टान्तहरूमा येशूले आफ्ना चेलाहरूलाई स्वर्गको राज्य कस्तो हुन्छ भनेर बताउनको निम्ति दुईवटा उपमाको प्रयोग गर्नुभएको छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-simile)

स्वर्गको राज्यचाहिँ ... जस्तै हो

यहाँ "स्वर्गको राज्य" ले परमेश्वरको शासनलाई राजा भनेर संकेत गर्दछ । "स्वर्गको राज्य" भन्ने वाक्यांश केवल मत्तीमा प्रयोग गरिएको छ । यदि सम्भव छ भने, तपाईंको अनुवादमा "स्वर्ग" प्रयोग गर्नुहोस् । तपार्इंले मत्ती १३:२४(./24.md) मा कसरी अनुवाद गर्नुभएको थियो, सो हेर्नुहोस् । वैकल्‍पिक अनुवादः "जब स्वर्गमा हाम्रा परमेश्वर राजा हुनुहुन्छ भनेर देखाउनुहुन्छ, त्यो जस्तो हुनेछ" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

जमिनमा लुकाइएको धन

यो वाक्यांशलाई सक्रिय क्रियाको प्रयोग गरी व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “यस्तो धन जुन कसैले जमिनमा लुकाएको थियो ।” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

धन

ज्यादै मूल्यवान् र अनमोल कुरा वा यी कुराहरूको सङ्कलन

त्यसलाई लुकायो

“त्यसलाई ढाकियो”

उसँग भएका सबै थोक बेच्छ, अनि उसले त्यो जमिन किन्छ

यहाँ अन्तर्निहित सन्देश यो हो, कि त्यहाँ लुकाइएको धनलाई हात पार्नको निम्ति त्यस व्यक्‍तिले त्यो जमिन किन्दछ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

मानिस जस्तो मोती खोज्ने मानिस जस्तो

निहित जानकारी यो हो कि उसले किन्न सक्ने बहुमूल्य मोतीहरू खोजिरहेका थिए । (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-simile]] अनि [[rc:///ta/man/translate/figs-explicit]])

एक जना व्यापारी

व्यापारी भनेको सर-सामान बेच्ने व्यक्‍ति वा थोक बिक्रेता हो, जसले प्रायः धेरै टाढाबाट माल सामानहरू ल्याउँदछ ।

मूल्यवान् मोतीहरू

एउटा "मोती" एक चिल्लो, कडा, चम्किलो, सेतो वा हल्का रंगको माला समुद्रमा मोलस्कको भित्र बनाइएको हुन्छ र अत्यधिक मणिको रूपमा मूल्यवान छ वा बहुमूल्य गहना बनाउँदछ । वैकल्पिक अनुवादः “असल मोतीहरू” वा “सुन्दर मोतीहरू” (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-unknown)

अनुवादका शब्‍दहरू