Door43-Catalog_ne_tn/mat/13/34.md

4.2 KiB

सामान्य जानकारी:

यहाँ दृष्टान्तहरूमा येशूको शिक्षाले भविष्यवाणी पूरा भएको देखाउन लेखकले भजनसंग्रहको उद्धरण गरे ।

येशूले यी सबै कुरा भिडलाई दृष्‍टान्तहरूमा भन्‍नुभयो । अनि दृष्‍टान्तहरूमा बाहेक उहाँले तिनीहरूलाई केही पनि भन्‍नुभएन ।

दुबै वाक्यको अर्थ एउटै हो । भीडलाई केवल दृष्टान्तहरू मात्र सिकाउनु भएको थियो भन्ने कुरामा जोड दिन तिनीहरू एकजुट भएका थिए । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-parallelism)

यी सबै कुरा

यसले येशूले सिकाउनुभएको कुरालाई जनाउँछ जुन मत्ती १३:१(./01.md) मा सुरु भएको थियो ।

अनि दृष्‍टान्तहरूमा बाहेक उहाँले तिनीहरूलाई केही पनि भन्‍नुभएन

“उहाँले तिनीहरूलाई दृष्‍टान्तहरूमा बाहेक केही पनि सिकाउनुभएन ।” डबल नकारात्मक सकारात्मक तरीकाले व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “उहाँले तिनीहरूलाई जे-जे कुराहरू भन्‍नुभयो, ती सबै दृष्‍टान्तहरूमा भन्‍नुभयो ।” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-doublenegatives)

योचाहिँ अगमवक्‍ताहरूले जे भनेका थिए, ती कुरा सत्य ठहरिऊन् भनेर हुन आयो, जब उहाँले भन्‍नुभयो

यसलाई कर्तृ वाक्‍यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “धेरै लामो समयअगि उहाँले अगमवक्‍ताहरूमध्ये एक जनालाई लेख्‍नू भनेर भन्‍नुभएको कुरालाई उहाँले सत्य साबित गर्नुभयो” (युडीबी) । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

जब उनले भने

“जब अगमवक्‍ताले भने ।”

म मेरो मुख खोल्छु

यो एक मुहावरा हो जुन बोल्नु हो । वैकल्‍पिक अनुवादः "म बोल्छु" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-idiom)

लुकाइएका कुराहरूलाई

यसलाई कर्तृ वाक्‍यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “ती कुराहरू जसलाई परमेश्‍वरले गुप्‍त राख्‍नुभएको छ ।” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

यस संसारको सुरुदेखि

“संसारको सुरुवातदेखि नै” वा “परमेश्‍वरले संसारलाई सृष्‍टि गर्नुभएदेखि नै ।”

अनुवादका शब्‍दहरू