Door43-Catalog_ne_tn/mat/10/40.md

3.5 KiB

जोड्ने कथन:

येशूले आफ्ना अनुयायीहरूलाई सतावटको कारण किन डराउनु हुँदैन भन्ने कारणहरू आफ्ना चेलाहरूलाई दिइरहनुभएको छ।

जसले

"उ" शब्दले साधारणतया सबैलाई बुझाउँदछ। यसलाई “कसैले” वा “त्यो व्यक्‍ति जसले” वा “जो कोहीले” (युडीबी हेर्नुहोस्) भनेर अनुवाद गर्न सकिन्छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-gendernotations)

स्वागत गर्दछ

यसको अर्थ “पाहुनाको रूपमा स्वीकार गर्छ” भन्‍ने हुन्छ ।

तिमीहरू

सर्वनाम “तिमीहरू” ले येशूका बाह्र जना प्रेरितलाई जनाउँछ, जससँग उहाँ बोलिरहनुभएको छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-you)

मलाई स्वागत छ

येशूको मतलब यो हो उहाँलाई स्वागत गर्नु बराबरको । वैकल्‍पिक अनुवादः "यो यस्तो छ कि उसले मलाई स्वागत गर्दैछ" वा "यो मानिन्छ कि उसले मलाई स्वागत गरिरहेछ" ।

मलाई पठाउनुहुनेलाई पनि स्वागत गर्दछ

यसको मतलब जब कसैले येशूलाई स्वागत गर्दछ परमेश्‍वरलाई स्वागत गर्नु बराबर हो । वैकल्पिक अनुवाद: “मलाई पठाउनुहुने परमेश्‍वर पितालाई स्वागत गर्दछ ।”

किनभने उहाँ एक अगमवक्ता हुनुहुन्छ

यहाँ "उसले" स्वागत व्यक्तिलाई जनाउँदैन । यो स्वागत गरिएको व्यक्तिलाई जनाउँछ।

एक अगमवक्ताको इनाम

यसले परमेश्वरले अगमवक्तालाई दिनुहुने इनामलाई जनाउँछ, अगमवक्ताले अर्को व्यक्तिलाई दिने इनामलाई होइन ।

ऊ धर्मी मानिस हो

यहाँ "उसले" स्वागत गर्ने व्यक्तिलाई जनाउँदैन । यसले स्वागत गरिएको व्यक्तिलाई जनाउँछ ।

धर्मी मानिसलाई इनाम

यसले धर्मी मानिसलाई दिनुहुने इनामलाई जनाउँछ, धर्मी मानिसले अर्को मानिसलाई दिने इनाम होईन ।

अनुवादका शब्‍दहरू