Door43-Catalog_ne_tn/mat/10/37.md

6.4 KiB

जोड्ने कथन:

येशूले आफ्ना अनुयायीहरूलाई सतावटको कारण किन डराउनु हुँदैन भन्ने कारणहरू आफ्ना चेलाहरूलाई दिइरहनुभएको छ ।

जसले ... प्रेम गर्छ, त्यो ... योग्यको हुँदैन

यहाँ "ऊ" भनेको साधारणतया कुनै पनि व्यक्ति हो। वैकल्पिक अनुवादः “जसले ... प्रेम गर्दछन्, तिनीहरू ... योग्यका हुँदैनन्” वा “यदि तिमीहरूले ... प्रेम गर्छौ भने, तिमीहरू... योग्यका हुँदैनौ ।” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-gendernotations)

प्रेम गर्छ

यहाँ उल्लेख गरिएको शब्द “प्रेम” ले “भातृत्व प्रेम” वा “मित्रताको प्रेम” लाई जनाउँछ । यसलाई “वास्ता गर्छ” वा “... प्रति समर्पित छ” वा “... को चाह गर्दछ” भनेर पनि अनुवाद गर्न सकिन्छ ।

ऊ मेरो निम्ति योग्यको हुँदैन

“मेरो हुनको निम्ति ऊ योग्यको हुँदैन” वा “मेरो चेला हुनको निम्ति ऊ योग्यको हुँदैन”

जसले आफ्नो क्रुस उठाएर मेरो पछि लाग्दैन

“क्रुस उठाएर मेरो पछि लाग्दैन” क्रूसले कष्ट र मृत्युलाई प्रतिनिधित्व गर्दछ । क्रसलाई उठाउँदा दु: ख भोग्नु र मर्न तयार हुनु हो । वैकल्‍पिक अनुवादः "दु: ख र मृत्युको बिन्दु सम्म पनि मेरो आज्ञापालन गर्नुपर्दछ" (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-metonymy]] अनि [[rc:///ta/man/translate/figs-metaphor]])

उठाएर

“माथि उठाएर” वा “उठाएर र बोकेर ।”

जसले ... भेट्टाउँछ ... उसले त्यो गुमाउँछ ... तर जसले ... गुमाउँछ ... उसले ... पाउनेछ

येशूले आफ्ना चेलाहरूलाई सिकाउन एउटा उखान प्रयोग गर्नुभयो । यी शब्दहरूलाई सम्भव भएसम्म थोरै शब्दहरूको प्रयोग गरी अनुवाद गर्नुपर्छ । वैकल्पिक अनुवादः “जसले प्राप्‍त गर्दछ ... त्यसले गुमाउँछ ... जसले गुमाउँछ ... त्यसले प्राप्‍त गर्दछ,” वा “यदि तिमीले प्राप्‍त गर्दछौ भने ... तिमीले गुमाउनेछौ ... यदि तिमीले गुमाएका छौ भने ... तिमीले प्राप्‍त गर्नेछौ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/writing-proverbs)

भेट्टाउँछ

“राख्दछ” वा “बचाउँछ” भन्‍ने शब्दहरूको निम्ति यो एउटा अलङ्कार हो । वैकल्पिक अनुवादः “राख्‍ने प्रयत्‍न गर्दछ” वा“बचाउने प्रयत्‍न गर्दछ ।” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

उसले त्यो गुमाउनेछ

यसको अर्थ त्यो व्यक्‍ति मर्छ भन्‍ने होइन । यो एक रूपक हो जसको अर्थ व्यक्तिले परमेश्वरसँगको आत्मिक जीवनको अनुभव गर्दैन । वैकल्‍पिक अनुवादः "साँचो जीवन हुँदैन" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

आफ्नो जीवन गुमाउँछ

यसको मतलब मर्नु भनेको होइन । यो एक रूपक हो जसको अर्थ हो कुनै व्यक्तिले येशूको आज्ञा पालन गर्नु उसको जीवन भन्दा बढी महत्त्वपूर्ण ठान्दछ । वैकल्पिक अनुवादः “आँफैलाई त्याग्छ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

मेरो खातिर

“उसले मलाई भरोसा गरेको कारणले” (युडीबी हेर्नुहोस्) वा “मेरो निम्ति” वा “मेरो कारणले ।” “मेरो खातिर” भनेर मत्ती १०:१८(./16.md) मा उल्लेख गरिएजस्तै यो पनि त्यही अवधारणा हो ।

त्यो पाउनेछ

यो रूपकको अर्थ व्यक्तिले परमेश्वरसंगको आत्मिक जीवनको अनुभव गर्दछ। वैकल्पिक अनुवादः “साँचो जीवन प्राप्‍त गर्नेछ ।” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

अनुवादका शब्‍दहरू