Door43-Catalog_ne_tn/mat/10/24.md

6.5 KiB

जोड्ने कथन:

येशूले आफ्ना बाह्र जना प्रेरितलाई तिनीहरूले उहाँको निम्ति काम गरेका कारणले तिनीहरूले भोग्‍नुपर्ने सतावटको बारेमा तिनीहरूलाई बताउने कामलाई निरन्तरता दिनुहुन्छ ।

चेला आफ्नो गुरुभन्दा श्रेष्‍ठ हुँदैन, न त नोकर आफ्नो मालिकभन्दा ठुलो हुन्छ

येशूले आफ्ना चेलाहरूलाई एउटा साधारण सत्य सिकाउन एउटा उखान प्रयोग गर्दै हुनुहुन्छ । येशू जोड दिंदै हुनुहुन्छ कि मानिसहरूले येशू भन्दा उनीहरूले उत्तम व्यवहार गरेको अपेक्षा चेलाहरूले गर्नु हुँदैन । (हेर्नुहोस्ः rc://*/ta/man/translate/writing-proverbs)

चेला आफ्नो गुरुभन्दा श्रेष्‍ठ हुँदैन

“एउटा चेला सधैँ नै आफ्नो गुरुभन्दा कम महत्त्वपूर्ण हुन्छ” वा “एउटा गुरु सधैँ आफ्नो चेलाभन्दा बढी महत्त्वपूर्ण हुन्छ”

न त नोकर आफ्नो मालिकभन्दा ठुलो हुन्छ

“एउटा नोकर सधैँ नै आफ्नो मालिकभन्दा कम महत्त्वपूर्ण हुन्छ” वा “एउटा मालिक सधैँ आफ्नो नोकरभन्दा बढी महत्त्वपूर्ण हुन्छ ।”

चेला आफ्नो गुरु ... जस्तो हुनु नै उसको निम्ति पर्याप्‍त हुन्छ

“चेला आफ्नो गुरुजस्तो भयो भने पनि त्यो सन्तुष्‍ट हुनुपर्छ ।”

आफ्नो गुरु ... जस्तो हुनु

यदि आवश्यक छ भने, तपाईं कसरी चेला शिक्षक जस्तो हुन्छ स्पष्ट बनाउन सक्नुहुन्छ । वैकल्पिक अनुवाद: “आफ्नो गुरुले जानेको जत्तिकै जान्‍नु” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

नोकर आफ्नो मालिकजस्तो हुनु

यदि आवश्यक छ भने, तपाईं स्पष्ट कसरी नोकर मालिक हुन्छ बनाउन सक्नुहुन्छ । वैकल्पिक अनुवाद: “नोकरचाहिँ आफ्नो मालिकजस्तो महत्त्वपूर्ण हुनको निम्ति मात्रै सन्तुष्‍ट हुनुपर्छ ।” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

यदि तिनीहरूले घरका मालिकलाई नै बालजिबुल भनेका छन् भने, तिनीहरूले उनका घरानालाई झन् कति बढी बदनाम गर्लान्

येशूलाई दुर्व्यवहार गरिएको थियो । त्यसैले, येशूका चेलाहरूलाई पनि त्यही प्रकारले वा त्योभन्दा झन् बढी दुर्व्यवहार गरिनेछ भनेर तिनीहरूले अपेक्षा गर्नुपर्थ्यो (युडीबी हेर्नुहोस्) ।

तिनीहरूले उनका घरानालाई झन् कति बढी बदनाम गर्लान्

"उनीहरूको परिवारका सदस्यहरू भनेर बोलाउने नामहरू निश्चित नै निकै नराम्रो हुन्छन्" वा "उनीहरू पक्कै पनि उसको परिवारका सदस्यहरूलाई धेरै नराम्रो नामहरू भनेर बोलाउँदछन्" ।

यदि तिनीहरूले ... भनेका छन् भने

“किनकि केही मानिसहरूले ... भनेर भनेका छन् भने ।”

घरका मालिकलाई नै

येशूले “घरका मालिक” भनेर उहाँले आफ्नै निम्ति अलङ्कारको रूपमा प्रयोग गरिरहनुभएको छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

बालजिबुल

यो शब्दको अर्थ यस्तो हुन सक्छः (१) “बालजिबुल” भनेर सिधै जस्ताको तस्तै नकल गरिएको, वा (२) “शैतान” भन्‍ने अर्थ दिनको निम्ति यसलाई अनुवाद गरिएको ।

तिनीहरूले उनका घरानालाई

येशूले “तिनीहरूले उनका घरानालाई” भनेर उहाँका चेलाहरूका निम्ति अलङ्कारको रूपमा प्रयोग गर्नुभएको हो । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

अनुवादका शब्‍दहरू