Door43-Catalog_ne_tn/mat/09/29.md

3.7 KiB

तिनीहरूका आँखा छोएर भन्‍नुभयो

यो कुरा स्पष्‍ट छैन, कि उहाँले तिनीहरू दुवै जनाका आँखा एकै पटकमा छुनुभयो वा एक जनाको आँखा छुनलाई केवल उहाँको दाहिने हातको प्रयोग गर्नुभयो अनि त्यसपछि अर्कोचाहिँको आँखा छुनुभयो । परम्परागत रूपमा देब्रे हात अशुद्ध कार्यहरूका लागि प्रयोग गरिने हुनाले उहाँले आफ्नो दाहिने हात मात्रै प्रयोग गर्नुभएको हुनुपर्छ । यो पनि स्पष्‍ट छैन, कि उहाँले तिनीहरूलाई छुँदै गर्दा बोल्नुभयो वा तिनीहरूलाई पहिला छुनुभयो अनि तिनीहरूसँग बोल्नुभयो ।

यो तपाईंको विश्वासको आधारमा होस्

यसलाई कर्तृ वाक्‍यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः "मैले विश्वास गरे झै म गर्नेछु" वा "किनभने तपाई विश्वास गर्नुहुन्छ, म तिमीलाई निको पार्नेछु" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

अनि तिनीहरूका आँखा खोलिए

यसको मतलब तिनीहरू हेर्न सक्षम थिए । यसलाई कर्तृ वाक्‍यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवाद: “परमेश्‍वरले तिनीहरूका आँखा निको पार्नुभयो” वा “ती दुई जना दृष्‍टिविहीन मानिस देख्‍न सक्‍ने भए ।” (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-idiom]] अनि [[rc:///ta/man/translate/figs-activepassive]])

कसैलाई पनि यस बारे थाहा छैन भनेर हेर्नुहोस्

यहाँ "हेर्नुहोस्" को अर्थ "निश्चित हुनुहोस् ।" वैकल्‍पिक अनुवादः "निश्चित हुनुहोस् कि कसैले यसको बारेमा पत्ता लगाउँदैन" वा "कसैलाई नभन्नुहोस् कि मैले तिमीलाई निको पारेको छु" । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-idiom)

तर

“यसको सट्टामा ।” येशूले ती मानिसहरूलाई जे कुरा गर्नू भनी भन्‍नुभएको थियो, त्यो तिनीहरूले गरेनन् ।

यो खबर ... फैलाए

“तिनीहरूलाई के भएको थियो भन्‍ने कुरा धेरै मानिसलाई बताए ।”

अनुवादका शब्‍दहरू