Door43-Catalog_ne_tn/mat/09/25.md

1.9 KiB

जोड्ने कथन:

येशूले ती अधिकारीकी छोरीलाई निको पार्नुभएको घटनाको विवरणलाई यस खण्डले अन्त गर्दछ ।

सामान्य जानकारी:

पद २६ लाई सारांशमा वर्णन गरिएको छ कि येशूले यस केटीलाई मृत्युबाट ब्यूँताउनुभएको परिणामको वर्णन गर्दछ।

जब भिडलाई बाहिर पठाइएको थियो

यसलाई कर्तृ वाक्‍यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवाद: “येशूले भिडलाई बाहिर पठाउनुभएपछि” वा “परिवारले भिडलाई बाहिर पठाएपछि” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

उठिन्

“ओछ्यानबाट उठिन् ।” मत्ती ८:१५ (../08/14.md) मा उल्लेख भएको अवधारणा नै यहाँ उल्लेख गरिएको अवधारणा हो ।

यो खबर त्यस क्षेत्रको चारैतिर फैलियो

“त्यस सारा क्षेत्रका मानिसहरूले यस खबरको बारेमा सुने” (युडीबी) वा “ती ठिटी जीवित भएकी देख्‍ने मानिसहरूले त्यो कुराको बारेमा सारा क्षेत्रका मानिसहरूलाई भन्‍न थाले ।”