Door43-Catalog_ne_tn/mat/09/20.md

4.5 KiB

जोड्ने कथन:

येशू ती यहूदी अधिकारीकी छोरीलाई निको पार्न जाँदै गर्नुहुँदा उहाँले कसरी बाटोमा अर्की स्‍त्रीलाई निको पार्नुभयो भन्‍ने कुरालाई यस खण्डले व्याख्या गर्दछ ।

हेर

शब्द “हेर” ले हामीलाई कथामा नयाँ व्यक्‍तिहरूका विषयमा सचेत गराउँछ । यस्तो गर्नको निम्ति तपार्इंको भाषामा कुनै तरिका हुन सक्छ ।

जो रगतको एक स्रावबाट ग्रस्त थिए

“रगत बग्‍ने समस्या भएकी” वा “बारम्बार रगत बग्‍ने समस्या भएकी ।” सम्भवतः रगत बग्‍ने सही समय नभए तापनि तिनको गर्भबाट रगत बगिरहेको थियो । केही संस्कृतिहरूमा यो अवस्थालाई उल्लेख गर्ने कुनै शिष्‍ट तरिका हुन सक्छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-euphemism)

बाह्र बर्ष

"१२ बर्ष" (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-numbers)

वस्‍त्र

“पोशाक”

किनकि उनी आफैंले भनेकी थिइन, “मैले उहाँको वस्‍त्र मात्र छोएँ भने पनि, म निको पारिनेछु ।”

उनले येशूलाई छुनु अघि उनले यो सोचिन । तपाईले यो कथन पहिले UDB मा राख्न सक्नुहुन्छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-events)

मैले उहाँको वस्‍त्र मात्र छोएँ भने

यहूदी व्यवस्था अनुसार उनी रगत बगिरहेको कारण उनी कसैलाई पनि छुनु हुँदैन थियो । उनीले उनको लुगालाई छोई ताकि येशूको शक्तिले उनलाई चंगाई गरून् र अझै उसले (उनको विचारमा) थाहा पाईन् कि उसले उनलाई छुने छैन । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

तर

“सट्टामा ।” ती स्‍त्रीले जे हुनेछ भनेर आशा गरेकी थिइन्, त्यसो भएन ।

छोरी

ती स्‍त्री येशूकी वास्तविक छोरी थिइनन् । येशूले तिनीसँग नम्रतापूर्वक बोलिरहनुभएको थियो । यदि यो अस्पष्‍टता उत्पन्‍न गराउने किसिमको छ भने, यसलाई “ए जवान स्‍त्री” भनेर अनुवाद गर्न सकिन्छ वा यसलाई हटाउन पनि सकिन्छ ।

तिम्रो विश्वासले तिमीलाई निको पारेको छ

"किनकि तिमी ममाथि विश्वास गर्छौ, म तिमीलाई निको पार्नेछु"

त्यो आईमाईलाई त्यसै घडि निको भयो

यसलाई कर्तृ वाक्‍यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः "येशूले उनलाई त्यतिखेर निको पार्नुभयो" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

अनुवादका शब्‍दहरू