Door43-Catalog_ne_tn/mat/09/18.md

2.0 KiB

जोड्ने कथन:

यस खण्डले येशूले एक यहूदी अधिकारीकी छोरीलाई अचम्म प्रकारले निको पार्नुभएको घटनाको विवरणलाई सुरुवात गर्दछ ।

यो कुरा

यसले यूहन्‍नाका चेलाहरूलाई येशूले उपवासको बारेमा उत्तर दिनुभएको विषयलाई जनाउँछ ।

हेर

शब्द “हेर” ले हामीलाई कथामा नयाँ व्यक्‍तिहरूका विषयमा सचेत गराउँछ । यस्तो गर्नको निम्ति तपार्इंको भाषामा कुनै तरिका हुन सक्छ ।

येशूलाई दण्डवत् गरे

यहूदी संस्कृतिमा कुनै पनि व्यक्‍तिले आदर देखाउनको निम्ति गर्ने यो एउटा तरिका हो । (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-symaction)

आएर तपार्इंले तिनको शिरमाथि हात राखिदिनुहोस् र तिनी फेरि जीवित हुनेछिन्

तिनकी छोरीलाई फेरि जीवनमा फर्काउने शक्‍ति येशूसँग छ भनेर त्यस यहूदी अधिकारीले विश्‍वास गर्थे भन्‍ने कुरालाई यसले देखाउँछ ।

उहाँका चेलाहरू

“येशूका चेलाहरू”

अनुवादका शब्‍दहरू